Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौं र ललितपुरमा एमाले र राप्रपाको तालमेल :  मेयरमा एमाले उपमेयरमा राप्रपा

मंगलबार, १९ बैशाख २०७४, १४ : ३९ मा प्रकाशित

काठमाडौं र ललितपुरमा एमाले र राप्रपाको तालमेल :  मेयरमा एमाले उपमेयरमा राप्रपा

अर्थ संसार 
काठमडौं– काठमाडौं र ललितपुरमा एमाले र राप्रपाको चुनावी तालमेल हुने भएको छ । दुबै महानगरपालिकामा एमालेले मेयर र राप्रपाले उपमेयरमा उम्मेद्वारी दिन दुबै दलका नेताहरु सहमत भएका छन् ।

 
एमालेको संसदीय दलको कार्यालयमा पुगेर केही समय अगाडि राप्रपाका अध्यक्ष कमल थापा र दीपक बोहोराले एमालेको अध्यक्ष केपी ओलीसँग चुनावी तालमेलबारे छलफल गरेका छन् ।  

दुवै पार्टीले आफ्नो उम्मेद्वारको टुङगो लगाएका छन् । काठमाडौंमा एमालेले मेयरको लागि विद्या सुन्दर शाक्यलाई छनोट गरेको छ भने राप्रपाले उपमेयरको लागि राजाराम श्रेष्ठलाई उम्मेद्वार बनाउने घोषणा गरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको