Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु क्यापिटलले "8 TO 8 सेवा" सञ्चालनमा ल्याउँदै

अर्थ संसार

शनिबार, २४ माघ २०७७, १५ : १९ मा प्रकाशित

प्रभु क्यापिटलले "8 TO 8 सेवा" सञ्चालनमा ल्याउँदै

प्रभु क्यापिटल लिमिटेडले "8 TO 8 सेवा" सञ्चालनमा ल्याउने भएकाे छ ।

क्यापिटलले आफ्ना ग्राहकहरुलाई नियमित कार्यालय समय बाहेक बिहान र साँझको अतिरिक्त समयमा समेत डिम्याट खाता सम्बन्धी सेवा प्रदान गरी डिम्याट खाता सम्बन्धी सेवालाई अझ प्रभावकारी बनाउने अभिप्रायले भाेलि माघ २५ गते आइतबारदेखि सार्वजनिक बिदा र शनिबारको दिन बाहेक हरेक दिन लागू हुनेगरी बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म निम्नलिखित सेवाहरु प्रदान गर्न लागेको हाे । 

बिहान ८ बजेदेखि नियमित कार्यालय समय १० बजेसम्म र साँझ ४ बजेपछि बेलुकी ८ बजेसम्म "8 TO 8 सेवा" अन्तर्गत निम्नलिखित सेवाहरु प्रदान गरिनेछ ।

"8 TO 8 सेवा" अन्तर्गत सेवाहरु :

१. डिम्याट खाता खोल्ने,

२. मेरो शेयर खाता खोल्ने,

३. डिम्याट र मेरो शेयर खाता नविकरण गर्ने, 

४. मेरो शेयरको पासवर्ड रिसेट गर्ने,

५. भौतिक शेयरलाई अभौतिकीकरण कार्य गर्ने,

६. बैंक खाता लगायत डिम्याटका विवरणहरु अद्यावधिक गर्ने,

७. राफसाफको लागि DIS लिने, 

८. शेयर रोक्का राख्ने कार्य, आदि । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको