Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंकले सञ्चालनमा ल्यायो साना व्यवसाय र उपभोक्ताका लागि विशेष ऋण सेवा

अर्थ संसार

आइतबार, २४ चैत्र २०८१, २० : ५३ मा प्रकाशित

प्रभु बैंकले सञ्चालनमा ल्यायो साना व्यवसाय र उपभोक्ताका लागि विशेष ऋण सेवा

प्रभु बैंक लिमिटेड, गण्डकी प्रदेशले लघु, साना तथा मझौला उद्यम (MSME) र उपभोक्ता वर्गलाई लक्षित गर्दै SME & Consumer Banking HUB Gandaki को औपचारिक उद्घाटन गरेको छ।

उक्त केन्द्रको उद्घाटन गण्डकी प्रदेशका प्रमुख प्रदेश अधिकृत राजु रानाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। उद्घाटन समारोहमा बोल्दै उनले बैंकको यो नयाँ पहलले लक्षित वर्गलाई छरितो, प्रभावकारी र सशक्त सेवा दिने विश्वास व्यक्त गरे। साथै उनले यस प्रकारको केन्द्रले उद्यमशीलता प्रवर्द्धन, वित्तीय पहुँच विस्तार र समग्र आर्थिक विकासमा सकारात्मक प्रभाव पार्ने बताए।

उद्यम विस्तारदेखि उपभोक्ता आवश्यकतासम्मको सेवा

नयाँ केन्द्रमार्फत गण्डकी प्रदेशका व्यवसायी र उपभोक्ताहरूले लक्षित बैंकिङ सेवा प्राप्त गर्न सक्नेछन्। केन्द्रले विशेष गरी लघु, साना तथा मझौला उद्यमहरूलाई व्यवसाय विस्तार, नयाँ उद्यम स्थापना तथा संचालनमा आवश्यक पर्ने ऋण सुविधा र परामर्श सेवा उपलब्ध गराउनेछ।

उपभोक्ताहरूका लागि भने घर निर्माण, गाडी खरिद, शिक्षा, स्वास्थ्य लगायतका आवश्यकताहरूका लागि विविध उपभोक्ता ऋण योजनाहरू उपलब्ध हुने बैंकले जानकारी दिएको छ।

मुख्य सुविधाहरू

  • व्यवसाय तथा परियोजना ऋण

  • उपभोक्ता ऋण (घर, गाडी, शिक्षा, स्वास्थ्य)

  • वित्तीय परामर्श सेवा

  • छरितो तथा प्रभावकारी कागजी प्रक्रिया

इच्छुक ग्राहकहरूले प्रभु बैंक लिमिटेडको गण्डकी प्रदेश कार्यालय वा नजिकैको शाखा कार्यालयमा सम्पर्क गरी थप जानकारी लिन सक्नेछन्

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

सम्बन्धित खबर

धेरै पढिएको