Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु क्यापिटलका दुई म्युचुअल फण्डको बुक क्लोज मिति तय

अर्थ संसार

शुक्रबार, ०६ भदौ २०८२, ०७ : २९ मा प्रकाशित

प्रभु क्यापिटलका दुई म्युचुअल फण्डको बुक क्लोज मिति तय

प्रभु क्यापिटल लिमिटेडले सञ्चालन गरिरहेको दुईवटा बन्दमुखी म्युचुअल फण्डका लागि लाभांश वितरण प्रयोजनको बुक क्लोज मिति तोकेको छ।

कम्पनीले साउन ३० गते बसेको सञ्चालक समितिको बैठकमार्फत प्रभु स्मार्ट फण्ड र प्रभु सेलेक्ट फण्ड दुबैका लागि लाभांश घोषणा गर्दै भदौ १५ गते एक दिनलाई बुक क्लोज गर्ने निर्णय गरेको हो।

यसअनुसार भदौ १४ गतेसम्म नेप्से प्रणालीमा कारोबार भई रितपूर्वक इकाईधनी बनेकाहरूले मात्र नगद लाभांश पाउनेछन्।

घोषित प्रस्ताव अनुसार प्रभु सेलेक्ट फण्ड ले १२ प्रतिशत नगद लाभांश वितरण गर्नेछ। तेस्तै ,प्रभु स्मार्ट फण्ड ले १० प्रतिशत नगद लाभांश वितरण गर्नेछ।

यी दुवै योजना बन्दमुखी भएकाले लगानीकर्ताले लाभांश पाउन आफ्नो इकाई समयमै सुरक्षित गर्नुपर्नेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको