Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंकको वित्तीय रिपोर्टले भन्छ : बैंकको प्रदर्शनमा सुधार हुँदैछ

अर्थ संसार

बुधबार, ०७ कार्तिक २०८१, ०८ : ४० मा प्रकाशित

प्रभु बैंकको वित्तीय रिपोर्टले भन्छ : बैंकको प्रदर्शनमा सुधार हुँदैछ

प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकको सूचकमा सुधार देखिएको छ। 

खुद नाफामा सुधार, ब्याज आम्दानी सामान्य बढ्यो 

प्रभु बैंकले खुद नाफामा सामान्य सुधार रुपमा नाफा बढाएर सुधारको संकेत गरेको छ। बैंकले यस आर्थिक वर्षको पहिलो ३ महिनामा १ अर्ब ४ करोड ४ रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ३ करोड ४२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो ०.६२ प्रतिशतले बढेको छ।

तेस्तै बैंकको खुद ब्याज आम्दानी सामान्य ३.१६ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ९.६४ प्रतिशत बढेको छ। खुद ब्याज आम्दानी सामान्य बढेर २ अर्ब ६२ करोड ८६ लाख रुपैयाँ पुगेको छ। जुन अघिल्लो वर्ष २ अर्ब ५४ करोड ८० लाख रुपैयाँ रहेको थियो।

तेस्तै,बैंकको सञ्चालन मुनाफा ८.९२ प्रतिशतले घटेर १ अर्ब ४० करोड ३९ लाख रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्ष सञ्चालन मुनाफा १ अर्ब ५४ करोड १५ लाख रुपैयाँ थियो।

वितरणयोग्य मुनाफा 
पहिलो त्रैमास सम्म बैंकको वितरणयोग्य मुनाफा ३ करोड ४७ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकको वितरणयोग्य मुनाफा ३२ करोड ५१ लाख रुपैयाँ थियो।

खराब कर्जा अनुपात (एनपीएल)
बैंकको एनपीएल भने बढेर ४.९४ प्रतिशतमा पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा पनि बैंकको एनपीएल ३.९७ प्रतिशत रहेको थियो।

चुक्तापुँजी
२३ अर्ब ५४ करोड २४ रुपैयाँ

रिजर्भ
१४ अर्ब ७ करोड ३६ लाख रुपैयाँ

प्रति सेयर आम्दानी (ईपीएस)
बैंकको ईपीएस बढेर १७.६८ रुपैयाँ कायम भएको पुगेको छ। अघिल्लो वर्ष ईपीएस १७.५७ रुपैयाँ रहेको थियो।

मूल्य आम्दानी अनुपात (पीई रेसियो)
१४.९९ गुणा

प्रति सेयर नेटवर्थ
१५९.९३ रुपैयाँ

निक्षेप संकलन र कर्जा लगानी 

समीक्षा अवधिसम्म बैंकले ३ खर्ब ४ अर्ब ३ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २२ अर्ब ७० करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष बैंकले ३ खर्ब ५ अर्ब १ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २५ अर्ब ३४ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको