Like us!
Follow us!
Connect us!
Watch us!

एनआरएन इन्फ्रास्टक्चरको लाभांश आज पारित हुँदै

अर्थ संसार

आइतबार, २५ माघ २०७७, ०८ : १८ मा प्रकाशित

एनआरएन इन्फ्रास्टक्चरको लाभांश आज पारित हुँदै

एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेण्ट कम्पनी लिमिटेडकाे आठौँ वार्षिक साधारण सभा आज (माघ २५ गते, आइतबार) हुँदैछ ।

कम्पनीकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे उक्त सभा अकामा होटल, सुकेधारा काठमाडौँमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट सुरु हुनेछ ।

सभामा सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीका सेयरधनीहरूलाई २.८५ प्रतिशत बोनस सेयर र ०..१५ प्रतिशत नगद (कर प्रयाेजनका लागि) वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

त्यसैगरी, सभामा संस्थापक शेयरधनीका तर्फबाट ६ जना र सर्वसाधारणका तर्फबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावाहरु पनि पारित गरिनेछ ।

त्यसैगरी, कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि माघ १२ गते एक दिनका लागि बुकक्लोज गरेकाे थियाे । त्यसैले, माघ ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको