Like us!
Follow us!
Connect us!
Watch us!

घटेका हवाई यात्रु र नेपालको पर्यटन नीति

निनाम कुलुङ ‘मंगले

मंगलबार, २७ माघ २०७७, १६ : १७ मा प्रकाशित

घटेका हवाई यात्रु र नेपालको पर्यटन नीति

हालै नेपाल सरकारले नेपाल भ्रमणमा आउन चाहने जुनसुकै देशका (विदेशी) पर्यटकलाई लागू गरिने नयाँ नीति ल्याएको भन्ने समाचार आएको छ ।नीति पहिलेको भन्दा सहज हुने छ । निश्चय नै यस खाले नयाँ पयर्यटन नीतिले नेपालको हालको पर्यटकीय अवस्थालाई केही हदसम्म भए पनि सुधार गर्ने देखिन्छ ।

यसभन्दा अघि नेपाल सरकारले नेपाल आउन चाहने कुनै पनि विदेशी पर्यटकले ७ दिन क्वारेन्टाइन बस्नै पर्ने नीति लिएको थियो भने, अब विदेशी पर्यटकले आप्mनो देशमा कोभिड–१९ महामारी विरुद्घको भ्याक्सिन लगाएर आएको प्रमाणपत्र (सर्टिफिकेट) देखाएमा क्वारेन्टाइन नबसीकनै नेपालको कुनै पर्यटकीय क्षेत्र घुम्न जान पाउने छन् ।

नेपाल सरकारको यो नयाँ नीतिले गर्दा नेपाल आएर पनि ७–७ दिनसम्म बसेरै अनावश्यक खर्च गर्नुपर्ने जुन वाध्यता थियो, निम्त र निम्न मध्य आय भएका विदेशी पर्यटकहरुलाई त्यो अनावश्यक खर्च गर्नुपर्ने समस्या हट्ने छ भने, समय कम हुने र धनीमानी विदेशी पर्यटकहरुका लागि पनि बेकारमा ७–७ दिनसम्म बसेरै अनावश्यक समय खर्च गर्नुपर्ने समस्या हट्ने छ । हुन त नेपाल सरकारको अबदेखि कुनै पनि पर्यटकले ७ दिन क्वारेन्टाइनमा बस्नु नपर्ने प्रावधानले नेपाल भ्रमण गर्न चाहने पर्यटकहरु ह्वार–ह्वार्ती आउने र उखरमाउलै गरी बढ्ने छन् भन्ने अवश्य नै होइन । तर, सरकारको यस्तो प्रावधानपछि नेपाली पर्यटन क्षेत्र केही न केही गुल्जार भने अवश्य नै हुने छ ।  

हुन त विसं २०७७ पुसमा रातोपाटी अनलाईनमा आएको एक समाचारअनुसार विभिन्न देशबाट नेपाल प्रवेश गर्ने अन्तर्राष्ट्रिय हवाई यात्रुहरुको संख्या विगत वर्षहरुको तुलनामा धेरै ठूलो संख्याले घटेको छ । रातोपाटी अनलाईनले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई उद्यृत गर्दै छापेको समाचारअनुसार ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै सन् २०१९ मा ४१ लाख ३८ हजार अन्तर्राष्ट्रिय हवाई यात्रुहरुले यात्रा गरेका थिए भने, सन् २०२० मा १० लाख ३९ हजार अन्तर्राष्ट्रिय हवाई यात्रुहरुले मात्रै यात्रा गरेका छन् ।’

त्यस्तै सो समाचारमा जनाईएअनुसार ‘सन् २०१९ मा ३१ लाख ८८ हजार आन्तरिक हवाई यात्रुहरुले यात्रा गरेका थिए भने, सन् २०२० मा १० लाख ३० हजार आन्तरिक हवाई यात्रुहरुले मात्रै यात्रा गरेका छन् ।’ यसरी हेर्दा सन् २०१९ को  तुलनामा सन् २०२० मा आन्तरिक हवाई यात्रुहरुले गरेको यात्रा संख्यालाई आधार मान्दा सन् २०१९ को तुलनामा २०२० मा लगभग ६५ प्रतिशतले कमी हो । त्यसो त माथिको तथ्यांक सन् २०२० को नोभेम्बर महिनासम्मको हो । डिसेम्बरमा पनि अन्तर्राष्ट्रिय एवम् आन्तरिक हवाई यात्रुहरु खासै बढेनन् ।

माथि उल्लेखित तथ्यांक हेर्दा सन् २०१९ को तुलनामा सन् २०२० मा समग्रमा ७३ प्रतिशतले हवाई यात्रुहरु घटेको देखिन्छ । त्यसैले भन्न सकिन्छ, नेपाल आउने हवाई यात्रुहरु घटेपछि स्वाभावैले नेपाली हवाई सेवा कम्पनीका सञ्चालक वा भनौं हवाई यातायातका मालिकहरुको कमाईमा पनि चुना लाग्ने नै भयो ! त्यसपछि सरकार अर्थात् नेपाल नागरिक उड्डयन प्राधिकरणको आमदानीमा पनि ... नै भयो । अनि नेपालका समग्र पर्यटन व्यवसायीहरुको हालत पनि ... हुने नै भयो ।

हुन पनि नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न देशका हवाई सेवा कम्पनी र नेपालकै हवाई तथा हेलीकप्टर कम्पनीहरुलाई उडान अनुमति, रुट परमिट, ग्रान्ड ह्यान्डलिङ, पार्किङ, जरिवाना लगायत अन्य सेवाुसुविधा दिए बापत गर्ने आमदानीमा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई आर्थिक वर्ष २०७५/०७६ को तुलनामा आर्थिक वर्ष २०७६÷०७७ मा लगभग ६३ प्रतिशतले कमी आएको देखिन्छ । उता सन् २०२० मा अपवादको रुपमा नेपालमा मात्रै एक्कासी अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई यात्रुहरु घटेको नभएर सन् २०१९ को अन्त्यतिर चीनको दक्षिण–पूर्वी राज्य हुपेईको राजधानी वुहानबाट पैmलन सुरु भएको ‘नोभेल कोरोनाभाइरस’ (कोभिड–१९) का कारण विश्वभरिकै हवाई यातायात प्रभावित भएको हो भन्ने हामी सबैमा सामान्य जानकारी भएकै हो । तापनि ...
खासमा सन् २०२० मा घटेको आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई यात्रुका कारण विश्वभरिका हवाई सेवा कम्पनीहरुले आप्mनो आमदानी वा नाफा कति खर्ब डलरमा गुमाए ? अवथा घाटा व्यहोरे ? अहिले नै यकिनका साथ भन्न सक्ने अवस्था नभए तापनि नेपाली हवाई कम्पनीहरु भने १७ अर्ब ६२ करोड नेपाली रुपैयाँ बराबरबको आमदानी गुमाएका छन् भनी समाचारहरुमा आएको छ । 

यसरी हेर्दा सन् २०२० मा नेपालले ठूलो संख्यामा आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई यात्रुहरु सँगसँगै आमादानीको स्रोत पनि गुमाउनु परेको पीडा पनि सँगसँगै छ । साथ–साथै युरोपियन युनियनसम्बद्घ देशहरुको हवाई संगठन ‘युरोपियन उड्डयन आयोग’ले पनि पछिल्लोपटक नेपालले हवाई सेवा क्षेत्रमा गरेको सुरक्षात्मक प्रवन्ध र हवाई सुरक्षा क्षेत्रमा गरिने सुधार प्रक्रियामा अझै  पनि सुधार नगरेको भन्दै विगत ७/८ वर्षदेखि लगाई रहेको प्रतिवन्ध अर्थात् ‘ब्लाक लिस्टको पोलिटिक्स !’ पनि जारी नै राखेको देखिन्छ । यसले गर्दा पनि सन् २०२१ मा फेरि पनि हामी नेपालीहरुका लागि हवाई क्षेत्रमा उखरमाउलो उन्नति–प्रगति होला भनी धेरै आशा गर्ने ठाऊँ भने छैन । त्यसो भएपछि नेपाल भ्रमण गर्न चाहने विदेशी पर्यटकको संख्या पनि अपेक्षित रुपमा बढ्लान् ! भन्न सकिने अवस्था छैन । भलै नेपाल सरकारले पछिल्लो पटक नेपालको समग्र हवाई सुरक्षा सम्बन्धी विधेयक संसदमा पेश गरी सकेको अवस्था हो । तर, पछिल्लो पटक नेपालको संसद नै विघटन भएको अवस्था रहेकोले नेपालको हवाई सुरक्षा सम्बन्धी विधेयक संसदबाट कहिले पारित हुने हो ? कसैले ठोकेर भन्न सक्ने अवस्था रहेन । 

वास्तवमा ‘इन्टरनेसनल सिभिल एभिएसन अर्गनाइजेसन’ (आईकाओ) ले नेपालको हवाई सुरक्षा स्थिति औसतमा राम्रो (६० प्रतिशतभन्दा माथि) भनेको लगभग तीन वर्ष पूरा भएको छ । त्यसो भए तापनि युरोपियन युनियन अन्तर्गत रहेको ‘युरोपियन हवाई उड्डयन आयोग’ले सन् २०१३ देखि आप्mनो आकाशमाथि नेपाली वायु सेवा कम्पनीहरुको हवाई जहाजलाई उडान गर्न लगाउँदै आएको अस्थाई प्रतिवन्ध अर्थात् ‘ब्ल्याक लिस्ट’को राजनीतिलाई पटक–पटक (६–६ महिना) थप्दै आएको सत्य हो ।

तर, आईकाओले नेपालको हवाई सुरक्षा स्थिति औसतमा राम्रो (६० प्रतिशतभन्दा माथि) भनेको लगभग तीन वर्ष पूरा भए तापनि ‘युरोपियनको हवाई उड्डयन आयोग’ले नेपालमाथि सन् २०१३ देखि आप्mनो आकाशमाथि नेपाली वायु सेवा कम्पनीहरुको हवाई जहाजलाई उडान गर्न लगाउँदै आएको अस्थाई प्रतिवन्ध अर्थात् ‘ब्ल्याक लिस्ट’को राजनीतिलाई किन जारी राखेको हो ? बुझी नसक्नु र रहस्यम नै छ है ! 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको