Like us!
Follow us!
Connect us!
Watch us!

क्रेस्ट माइक्रो लाइफको अभिकर्ता अभिमुखिकरण र सम्मान कार्यक्रम सम्पन्न

अर्थ संसार

मंगलबार, ०९ मंसिर २०८२, १६ : ३२ मा प्रकाशित

क्रेस्ट माइक्रो लाइफको अभिकर्ता अभिमुखिकरण र सम्मान कार्यक्रम सम्पन्न

नेपालको विश्वासिलो लघु जीवन बीमा कम्पनी क्रेस्ट माइक्रो लाइफको अभिकर्ता अभिमुखिकरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अभिजित केसी र बजार प्रमुख दिनेश खड्काको उपस्थितिमा अभिकर्ता अभिमुखिकरण तथा सम्मान फेमस तास हाउस रेस्टुरेन्ट हेटौडामा सम्पन्न भएको हो ।

क्षेत्रीय प्रमुख अजय फुयलले सञ्चालन गरेको कार्यक्रममा हेटौडा र आसपासका क्षेत्रबाट उल्लेखिय संख्यामा अभिकर्ताहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान गरिएको थियो । सो अवसरमा अभिकर्ताहरूले व्यक्तिगत संवाद र अनुभव साझा गर्दै यस कार्यक्रमले थप ऊर्जा र उत्साह थप्ने धारणा राख्नुको साथै सम्मानित अभिकर्ताहरूले कम्पनीको भाबी योजना र लक्ष्यमा योगदान दिने प्रतिबद्धता जनाएका थिए ।

लघु बीमाको बजारीकरणमा अभिकर्ताको भुमिकाको बारेमा नायव प्रमुख कार्यकारी अधिकृत अभिजित केसीले धारण व्यक्त गरेका थिए । बजार प्रमुख दिनेश खड्काले लघु बीमाको सम्भाव्य बजार र अभिकर्ताले बनाउनु पर्ने योजना बारे जानकारी दिए।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको