Like us!
Follow us!
Connect us!
Watch us!

सूर्या लाइफको नाफासँगै बीमा शुल्क आम्दानी पनि बढ्यो, ईपीएस कति ?

अर्थ संसार

बुधबार, २८ माघ २०७७, ११ : ३५ मा प्रकाशित

सूर्या लाइफको नाफासँगै बीमा शुल्क आम्दानी पनि बढ्यो, ईपीएस कति ?

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरणअनुसार कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा २० करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोहि अवधिको तुलनामा कम्पनीको नाफा ३२.४४ प्रतिशतले बढेको छ । गत वर्ष यही अवधिमा कम्पनीको नाफा १५ करोड १९ लाख रुपैयाँ रहेको थियो।

दोस्रो त्रैमाससम्म कम्पनीले  बीमा शुल्कबापत २ अर्ब २८ करोड रुपैयाँ आर्जन गरेको छ। गत वर्षको यही अवधिको तुलनामा यो आम्दानी ७७.९० प्रतिशतले बढी हो । गत वर्षको यही अवधिमा कम्पनीको बीमा शुल्क आर्जन १ अर्ब २८ करोड रुपैयाँ रहेको थियो। 

त्यसैगरी, कम्पनीको जीवन बीमा कोष आकार बढेर ९ अर्ब २८ करोड पुगेको छ। गत वर्ष जीवन बीमा कोषको आकार ६ अर्ब २१ करोड रुपैयाँमा सीमित थियो। 

कम्पनीको चुक्ता पूँजी २ अर्ब १५ करोड ५१ लाख र  जगेडा तथा कोष ७२ करोड रुपैयाँ रहेको छ । 

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १८.६८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १२८.२५ रुपैयाँ रहेको छ।
कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण हेर्नुहोस्:-

60237527c9f34.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको