Like us!
Follow us!
Connect us!
Watch us!

युनाइटेड इन्स्योरेन्सको नाफा ३५ प्रतिशतले वढ्यो, अन्य सूचक के भए ?

अर्थ संसार

बुधबार, २८ माघ २०७७, १३ : ०४ मा प्रकाशित

युनाइटेड इन्स्योरेन्सको नाफा ३५ प्रतिशतले वढ्यो, अन्य सूचक के भए ?

युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ 

कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा २ करोड ७४ लाख खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोहि अवधिको तुलनामा यो नाफा ३५ प्रतिशतले धेरै हो । गत वर्ष यसै अवधिसम्म कम्पनीले २ करोड २ लाख खुद नाफा आर्जन  गरेको थियो । 

त्यसैगरी, कम्पनीले बीमाशुल्कबापत ५७ करोड ६८ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोहि अवधिको तुलनामा यो ६१.६६ प्रतिशत धेरै हो ।गत वर्ष कम्पनीले बिमाशुल्कबापत ३५ करोड ६८ लाख रुपैयाँ आर्जन गरेको थियो । 

कम्पनीको चुक्तापूँजी १ अर्ब २ करोड ८१ लाख रुपैयाँ र जगेडा कोष ९ करोड ८१ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी २.६७ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १४१.७७ रहेको छ ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण हेर्नुहोस् :- 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको