Like us!
Follow us!
Connect us!
Watch us!

ग्रीन डेभलपमेन्ट बैंकको लाभांश परिमार्जन, अब कति ?

अर्थ संसार

विहीबार, २९ माघ २०७७, १२ : ५२ मा प्रकाशित

ग्रीन डेभलपमेन्ट बैंकको लाभांश परिमार्जन, अब कति ?

ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले वितरण गर्न घोषणा गरेको लाभांश परिमार्जन भएकाे छ ।

बैंकले यसअघि आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ४.८४५ प्रतिशत बोनस सेयर र ०.२५५ नगद (कर प्रयाेजनका लागि) गरि कुल ५.१० प्रतिशत लाभांश प्रस्ताव गरेको थियो । 

तर नेपाल राष्ट्र बैंककाे निर्देशन अनुसार बैंकले नयाँ लाभांश प्रस्ताव गरेको हो । अब बैंकले ३.८० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.२० प्रतिशत नगद गरि कुल ४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेकाे छ ।

उक्त लाभांश आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपश्चात वितरण गरिनेछ ।

बैंकले प्रकाशन गरेकाे सूचना हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको