ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।
बैंककाे माघ १३ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे नवाैँ वार्षिक साधारण सभा चैत्र १२ गते, शनिबार हुने भएकाे छ ।
बैंकले सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घाेषणा गरेकाे छैन । त्यसैले, बैंकका सेयरधनीहरूकाे हात खाली हुनेछ ।
त्यसैगरी, बैंकले साधारण सभा प्रयाेजनका लागि चैत्र २ गते एक दिन बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, चैत्र १ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भइ कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस