Like us!
Follow us!
Connect us!
Watch us!

ग्रीन डेभलपमेन्ट बैंकको नाफा ३८ प्रतिशतले घट्यो, ईपीएस ७० पैसा !

अर्थ संसार

मंगलबार, ११ माघ २०७८, १० : ३७ मा प्रकाशित

ग्रीन डेभलपमेन्ट बैंकको नाफा ३८ प्रतिशतले घट्यो, ईपीएस ७० पैसा !

ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । 

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म आइपुग्दा बैंकले १८ लाख ५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ३८.६९ प्रतिशतले थोरै हो । गत वर्षको यसै अवधिमा बैंकले एक अर्ब २९ लाख ४४ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म बैंकको खुद व्याज आम्दानी भने ४४.७७ प्रतिशतले बढेर ५ करोड ६४ लाख ९५ हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा बैंकको खुद व्याज आम्दानी ३ करोड ९० लाख २५ हजार रूपैयाँ रहेको थियो ।

दोश्रो त्रैमाससम्म आइपुग्दा बैंकको सञ्चालन मुनाफा ५०.४७ प्रतिशतले घटेर २५ लाख ७९ हजार रूपैयाँ पुगेको छ । गत वर्ष बैंकले ५२ लाख ७ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । 

त्यस्तै, बैंकको चुक्ता पुँजी ५१ करोड ९० लाख रुपैयाँ र जगेडा कोषमा २ करोड ९० लाख ९७ हजार रुपैयाँ सञ्चित रहेको छ । बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ७० पैसामा सिमित हुन पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ ५२ पैसा रहेको छ ।

बैंकले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारको छः 

61ef8348de764.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सम्बन्धित खबर

धेरै पढिएको