Like us!
Follow us!
Connect us!
Watch us!

एनसीसी बैंकले ल्यायो २५ लाख कित्ता सेयर लिलामीमा, प्रतिकित्ता मूल्य कति ?

अर्थ संसार

आइतबार, ०२ फागुन २०७७, ०८ : ४४ मा प्रकाशित

एनसीसी बैंकले ल्यायो २५ लाख कित्ता सेयर लिलामीमा, प्रतिकित्ता मूल्य कति ?

नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले आज (फागुन २ गते , आइतबार) संस्थापक समूहकाे सेयर लिलाम बढाबढ गरि बिक्री खुल्ला गरेको छ । बैंकले २५ लाख कित्ता संस्थापक समूहकाे सेयरहरू लिलाम बढाबढ गरि बिक्री गर्न लागेकाे हाे ।

उक्त सेयरको न्युनतम मूल्य प्रतिकित्ता १४० रूपैयाँ तोकिएको छ । त्यसैले, सो भन्दा बढी मूल्यको लागि बोलपत्र पेश गर्नुपर्नेछ । 

उक्त सेयरमा हालका संस्थापक सेयरधनी लगायत अन्य इच्छुक व्यक्ति, फर्म, कम्पनी तथा संगठित संस्थाहरुले आज (आइतबार)देखि फागुन ९ गतेसम्म न्यूतमम एक हजार कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन पेश गर्न सक्नेछन् ।

त्यसैगरी, उक्त सेयरकाे निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । 

बैंकले प्रकाशन गरेको सूचना हेर्नुहोस् :-

602892887874c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको