Like us!
Follow us!
Connect us!
Watch us!

भर्नुभयो नारायणी डेभलपमेन्ट बैंकको हकप्रद ? अब २ दिन मात्र बाँकी

अर्थ संसार

आइतबार, ०२ फागुन २०७७, १२ : ४२ मा प्रकाशित

भर्नुभयो नारायणी डेभलपमेन्ट बैंकको हकप्रद ? अब २ दिन मात्र बाँकी

नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना लगानीकर्तालाई माघ १३ गते, मंगलबारदेखि हकप्रद सेयर बिक्री गरिरहेकाे छ । उक्त हकप्रद सेयर भर्न अब २ दिन मात्र बाँकी रहेकाे छ । लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँको दरले भाेलि फागुन ३ गतेसम्म आवेदन दिन सक्नेछन् । 

बैंकले १:१ अर्थात एक कित्ता सेयर बराबर एकको अनुपातमा ६ करोड ५६ लाख १६ हजार ९ सय रुपैयाँ बराबरको ६ लाख ५६ हजार १ सय ६९ कित्ता हकप्रद सेयर निष्कासन  गरेकाे हो ।

बैंकले हकप्रद सेयर निष्कासन गर्ने प्रयाेजनका लागि पाैष २९ गते, बुधबार एक दिनका लागि सेयरधनी दर्ता पुस्तिका (बुक क्लोज) गरेकाे थियाे । त्यसैले, पाैष २८ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरूले मात्र यस हकप्रदमा आवेदन दिन सक्नेछन् । 

कम्पनीकाे हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गरेकाे छ ।

बैंककाे हकप्रदलाई इक्रा नेपालले 'इक्राएनपीआईआर सिङ्गल सी' रेटिङ्ग प्रदान गरेको छ। यस रेटिङ्गले समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा उच्च जोखिम छ भन्ने बुझाउँछ ।

लगानीकर्ताले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड जमल काठमाडाैँ, नारायणी डेभलपमेन्ट बैंकको केन्द्रिय तथा शाखा कार्यालयहरु र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

बैंकले  प्रकाशन गरेको सूचना हेर्नुहोस्  :
 

6028cb83cd2d1.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको