Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल धितोपत्र बोर्डले दियो नारायणी डेभलपमेन्ट बैंकलाई हकप्रद निष्काशन गर्ने अनुमति

अर्थ संसार

आइतबार, २२ पुस २०८०, ०८ : ०५ मा प्रकाशित

नेपाल धितोपत्र बोर्डले दियो नारायणी डेभलपमेन्ट बैंकलाई हकप्रद निष्काशन गर्ने अनुमति

नारायणी डेभलपमेन्ट बैंक लिमिटेडलाई शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) ले स्वीकृति दिएको छ। 

बैंकले १ः१ को अनुपातमा आफ्ना सेयरधनीहरूलाई २६ लाख २४ हजार ६ सय ७६ कित्ता हकप्रद सेयर निष्कासन गर्न भदाै ९ गते, बिहीबार सेबाेनमा निवेदन दिएकाे थियो । 

बैंकले हकप्रद निष्कासन प्रयाेजनका लागि ग्लोबल आइएमई क्यापिटलले निष्कासन तथा बिक्री प्रबन्धकको काम गरेको छ। 
 
चितवन जिल्लाको रत्ननगर नगरपालिका, टाँडी, बकुलरमा केन्द्रीय कार्यालय रहेको नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘ख’ वर्गको १–३ जिल्लास्तर (नवलपरासी, चितवन र मकवानपुर) कार्यक्षेत्र रहेको यस डेभलपमेन्ट बैंकको अधिकृत पुँजी ५३ करोड र जारी पुँजी २६ करोड २४ लाख ६७ हजार ६ सय छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको