Like us!
Follow us!
Connect us!
Watch us!

नारायणी डेभलपमेन्ट बैंकका हकप्रदमा अवितरित ६ लाखभन्दा बढी सेयर मंसिर ११ देखि लिलामीमार्फत बिक्री

अर्थ संसार

बुधबार, ०३ मंसिर २०८२, ०८ : ५३ मा प्रकाशित

नारायणी डेभलपमेन्ट बैंकका हकप्रदमा अवितरित ६ लाखभन्दा बढी सेयर मंसिर ११ देखि लिलामीमार्फत बिक्री

नारायणी डेभलपमेन्ट बैंकले हकप्रद वितरणपछि बाँकी रहेका सेयर लिलाममार्फत बिक्री गर्ने तयारी गरेको छ। बैंकले मंसिर ११ गतेदेखि कूल ६ लाख २१ हजार ६ सय ६ कित्ता सेयर लिलामी प्रक्रिया सुरु गर्न लागेको हो। यसमध्ये ६ लाख ३ हजार १ सय ६२ कित्ता संस्थापक समुहका सेयर छन्, बाँकी सामान्य समुहका सेयर हुन्।

लिलामी बिक्री व्यवस्थापनको जिम्मा ग्लोबल आईएमई क्यापिटललाई दिइएको छ। बैंकले न्युनतम मूल्य प्रतिकिता १०० रुपैयाँ तोकेको छ, जसअनुसार आवेदकले सोभन्दा बढी मूल्य कबुल गरी आवेदन दिनुपर्नेछ। सबैभन्दा उच्च मूल्य प्रस्ताव गर्नेले प्राथमिकतामा सेयर प्राप्त गर्नेछन्। त्यसपछि बाँकी प्रक्रियामा क्रमशः दोस्रो र तेस्रो उच्च मूल्य प्रस्तावकर्तालाई अवसर पुग्नेछ।

लिलामीका लागि न्युनतम १०० कित्ताबाट आवेदन दिन सकिने छ भने अधिकतम सीमा खुला राखिएको छ। आवेदन पेस गर्ने अन्तिम मिति मंसिर २५ तोकिएको छ। संस्थापक समुहका सेयरमा आवेदन दिनेले नेपाल राष्ट्र बैंकले तोकेको 'फिट एन्ड प्रपर' सम्बन्धी सबै मापदण्ड पूरा गर्नुपर्नेछ।

काठमाडौँ उपत्यकाभित्रका लगानीकर्ताले ग्लोबल आईएमई क्यापिटल, नक्सालमा गएर शिलबन्दी फारम भर्न सक्नेछन्। काठमाडौँ बाहिरका इच्छुकले ग्लोबल आईएमई बैंकका बिराटनगर, हेटौडा, बिरगंज, नारायणगढ, पोखरा, सुर्खेत, बुटवल र धनगढी शाखाबाट आवेदन दर्ता गराउन सक्ने व्यवस्था गरिएको छ।

बैंकले असोज २ देखि कात्तिक ९ गतेसम्म १:१ को अनुपातमा २६ लाख २४ हजार ६ सय ७७ कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो। त्यसमध्ये बिक्री नभएका सेयर अहिले लिलामीमा ल्याउन लागिएको हो। नेपाल धितोपत्र बोर्डले साउन १५ गते बैंकलाई हकप्रद निष्कासनका लागि अनुमति प्रदान गरेको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको