Like us!
Follow us!
Connect us!
Watch us!

सेयर लगानीकर्ताको आमरण अनसन सुरु, सेयर बजारमा कस्तो असर पर्ला ?

अर्थ संसार

आइतबार, ०२ फागुन २०७७, १३ : ३६ मा प्रकाशित

सेयर लगानीकर्ताको आमरण अनसन सुरु, सेयर बजारमा कस्तो असर पर्ला ?

नेपाल पुँजी बजार विकास अभियानका संयोजकक तिलक कोइरालाको नेतृत्वमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) कार्यालय अगाडि आइतबारबाट आमरण अनसन सुरु गरिएको छ।

अर्थमन्त्रालयद्धारा गठित कार्यदलले तयार पारेको ५८ बुँदे सुझावसहितको प्रतिवेदन २०७५ सालमै सरकारले पूरा गर्छ भन्ने प्रतिवद्धतामध्ये बाँकी १८ बुँदा पूरा नगरेकाले बाँकी सुझावसमेत कार्यान्वयन गर्न एकसूत्रीय मागसहित आमरणअनसन सुरु गरेको कोइरालाको भनाइ छ । 

आफूहरुको माग पूरा नहुन्जेल आमरण अनसन जारी राख्ने कोइराला बताउँछन् । उनी आफ्नो छुट्टै माग नभइ सरकारले गर्नु पर्ने काम पूरा नगरेकाले अनसन बस्न बाद्य हुनु परेको बताउँछन् ।  

लगानीकर्ताको हकहित तथा पुँजीको सुरक्षाका लागि शान्तिपूर्ण रुपमा आमरण अनसन बसेको कोइरालाले बताए। उनलाई अरु केही लगानीकर्ताले पनि साथ दिएका छन् । 

अर्थमन्त्रालय, धितोपत्र बोर्ड र नेपाल स्टक एक्स्चेन्जले सुझावका १८ बुँदा  कार्यान्वयन गर्न आनाकानी गरिहरेको उनको आरोप छ । हामीले अर्थमन्त्री, धितोपत्र बोर्ड र नेप्सेका पदाधिकारीहरुलाई भेटेर सुझाव कार्यान्वयन गर्न भनेका छौं, उनले भने, तर आस्वासन मात्र पाएका छौं । कार्यान्वयन भएको छैन । 

रणनीतिक साझेदारी भित्र्याएर नेप्सेको पुनर्संरचना, पूँजीगत लाभकरका लागि समयावधि किटान, हालको ब्रोकर कमिसन एकै दरलाई प्रतिस्पर्धात्मक बनाइनुपर्ने, वाणिज्य बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिई बैंक इन्टिग्रेसनसहित सेयर कारोबार गर्ने प्रणालीको विकास हुनुपर्ने, रियल सेक्टरको निमयनका लागि नियमनकारी निकायको व्यवस्था, अनलाइन सेयर कारोबार प्रणालीमा बारम्बार देखिने समस्या हल हुनुपर्नेलगायतका सुझाव कार्यान्वयन हुनु पर्ने कोइरालाको माग छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको