Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा सामान्य सुधार ,४ अर्ब ७४ करोडको कारोबार

अर्थ संसार

सोमबार, १४ बैशाख २०८३, १५ : ०७ मा प्रकाशित

सेयर बजारमा सामान्य सुधार ,४ अर्ब ७४ करोडको कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.७३ अकंले बढेर २७९६.४३ बिन्दुमा बन्द  भएको छ । आज ३५१ कम्पनीको १ करोड ८ लाख ९९ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७४ करोडको कारोबार भएको हो ।आज वाणिज्य बैंक समूहको ०.६८ प्रतिशत, विकास बैंक समूहको १.१४ प्रतिशत, फाइनान्स समूहको ०.४२ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.९७ प्रतिशतले सेयर मूल्य बढेको छ ।  

सोमबार १५७ कम्पनीको सेयर मूल्य बढेको छ भने १०२ कम्पनीको घटेको छ । १० कम्पनीको सेयर मूल्य स्थिर रहेको हो ।

आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ३० करोड ७४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंक, पाल्पा सिमेन्ट र शिखर पावरका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानकिर्ताले १५ प्रतिशतका दरले कमाएका हुन् ।  

आज सबैभन्दा धेरै निफ्रा ग्रिन इनर्जी डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले १४ प्रतिशतका दरले गुमाएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको