Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय बीमा संस्थानको नाफामा गिरावट, कस्ता छन् अन्य सूचक ?

अर्थ संसार

मंगलबार, ०४ फागुन २०७७, १३ : ०६ मा प्रकाशित

राष्ट्रिय बीमा संस्थानको नाफामा गिरावट, कस्ता छन् अन्य सूचक ?

राष्ट्रिय बीमा संस्थानले चालु आर्थिक वर्ष  दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।  उक्त विवरण अनुसार कम्पनीले चालु आर्थिक वर्ष  दोस्रो त्रैमाससम्म २ करोड ६७ लाख ९४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको  छ । 

गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष कम्पनीको नाफामा २४ प्रतिशतले गिरावट आएको हो । गत वर्षको सोहि अवधिमा  संस्थानले ३ करोड ५३ लाख ४६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
त्यसैगरी, संस्थानले  ५ अर्ब ६८ करोड २५ लाख ८३ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ ।  गत वर्षको सोहि अवधिसम्म संस्थानले बीमाशुल्कबापत ५ अर्ब ६९ करोड ३१ लाख ३१ हजार रुपैयाँ आर्जन गरेको थियो । 

संस्थानले चालु आर्थिक वर्ष  दोस्रो त्रैमास १ अर्ब ४४ करोड ४२ लाख १५ हजार खुद दाबी भुक्तानी गरेको छ ।

संस्थानको चुक्तापूँजी १८ करोड १० लाख २० हजार र जगेडा कोष ३१ करोड २६ लाख ४२ हजार रहेको छ । 

संस्थानले सार्वजनिक गरेको वित्तीय विवरण हेर्नुहोस्:- 
 

602b736b5561e.jpg 602b736ebe307.JPG 602b7370ec6d2.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको