Like us!
Follow us!
Connect us!
Watch us!

किरण कडेंलका ४ गीतको भिडियो सार्वजनिक

अर्थ संसार

बुधबार, ०५ फागुन २०७७, १३ : २० मा प्रकाशित

नेपाली सांगीतिक क्षेत्रका विविध विधामा कुशल संगीतकर्मीको छवि बनाएका किरण कडेंलद्वारा संगीतवद्ध ४ वटा गीतको म्युजिक भिडियो एकसाथ सार्वजनिक भएको छ । मान्छे, साह्रै पर्यो, तिमी विना र गालाको तिलैमा बोलका गीतहरु भिडियो सहित मंगलबाट काठमाडौंको सिटी सेन्टर स्थित विगसिनेमा हलमा एक कार्यक्रमको आयोजना गरि लोकार्पण गरिएको हो ।

बरिष्ठ गीतकार तथा साहित्यकार काली प्रसाद रिजाल र नेपाल एयरलाइन्सका पाइलट क्याप्टेन तथा बरिष्ट अभिनेता क्याप्टेन विजय लामाको प्रमुख आतित्थ्यतामा सम्पन्न गीतिकृति लोकार्पण समारोहमा केन्द्रमा रहेको गीत थियो मान्छे । मानविय संवेदना र जीवन दर्शनको भाव अभिब्यक्त यस गीतका गीतकार काली प्रसाद रिजाल हुन् ।

बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्, केहि मिठो बात गर, माया गर्नेको चोखो माया पनि, वनै खायो डँढेलोले, आँखा छोपी नरोउ भनी लगायतका कयौं कालजयी गीतका गीतकार रिजालको यस गीतपनि उनका पुराना गीत जस्तै गहिराई र मिठासपूर्ण बनेको छ । यस गीत माथि निर्माण भएको भिडियो केन्द्रिय भूमिकामा क्याप्टेन तथा लोकप्रिय अभिनेता बिजय लामाको अभिनय रहेको छ भने उनि संगै धुर्व कोईराला, शमिया कार्की, काजोल नेपाल र मनोज ओलीको अभिनय रहेको छ ।

यस गीतका संगीतकार किरण कणेल स्वयंको संगीत संयोजन रहेको यस गीतमा रमेश कणेलको स्वर रहेको छ । जीवन शाहीको निर्देशन रहेको भिडियोलाई राम कुमार केसीले छायांकन र दिन्शन शाहको सम्पादन रहेको छ ।

मान्छे गीतले अग्रज र अनुज संगीत तथा कलाकर्मीलाई जोड्ने काम पनि गरेको छ । गीतको अडियो भिडियो दुवैमा नयाँ र पुराना दुवै पुस्ताका कलाकर्मीको सहकार्य देखिन्छ । संचारकर्मी सरोज कोईरालाले संचालन गरेको कार्यक्रममा नेपाली साहित्य, संगीत र कला क्षेत्रसंवद्ध ब्यक्तीहरु तथा संचारकर्मीको उपस्थिती रहेको थियो ।

त्यस्तै, आज लोकार्पण भएका अन्य ३ गीतहरुमा संगीत तथा संगीत संयोजन किरण कणेलको नै रहेको छ । जसमध्य तिमी बिना बोलको गीतमा गायिका बानिका प्रधानको स्वर रहेको जसलाई बिनिता उप्रेती खनालले रचना गरेकी हुन् ।

यस गीतको भिडियोलाई सुब्रत राज आचार्यले निर्देशन गरेका हुन् । गायिका प्रधान र संगीतकार कणेंललाई नै प्रस्तुत गरिएको भिडियोलाई उत्सव दाहालले छायांकन तथा बिकास दाहालले सम्पादन गरेका हुन् । गीतमा प्रेमको गहिराईले जन्माएको आभाषलाई प्रतिविम्वित गरेको छ ।

आज लोकार्पित अर्को गीत साह्रै पर्योमा पनि गायिका प्रधानको नै आवाज र अभिनय रहेको छ । जसमा संगीतकार कणेल पनि अभिनयमा दोहोरिएका छन् । संचारकर्मी तथा निर्देशक आचार्य द्वारा नै निर्देशित यस गीतमा गहिरो प्रेम पछिको वियोगलाई भावुक शैलिमा प्रस्तुत गरिएको छ ।

आज लोकार्पण भएका मध्य रोमान्टिक र डान्सिगं विटको गीत हो गालाको तिलैमा । कल्पना सुवेदीको शब्द रहेको गीतमा गालाको तिलकोठीलाई शिर्ष शब्द छनौट गरिएको छ । मेलिना राई र प्रताप दासको स्वर रहेको यस गीतमाथी निर्माण भएको भिडियोलाई निशान खड्काले निर्देशन गरेका हुन् भने भिडियोमा आकाश श्रेष्ठ, नायिका पुजा शर्मा, कमल शिंह र सृजना केसीको लगायत कलाकारको अभिनय रहेको छ ।

बैबाहिक माहौललाई पृष्ठभूमी बनाएर ग्रामिण मौलिकतामा नयाँ पुस्ताको मनोभाव फ्युजन यस भिडियोलाई बुद्ध थापाले छयांकन तथा विकाश धमलाले सम्पादन गरेका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको