Like us!
Follow us!
Connect us!
Watch us!

अमेरिकी उपविदेशमन्त्री नेपालमा, प्रधानमन्त्रीसँग होला भेटवार्ता ?

अर्थ संसार

आइतबार, १७ जेठ २०८३, १२ : ३५ मा प्रकाशित

अमेरिकी उपविदेशमन्त्री नेपालमा, प्रधानमन्त्रीसँग होला भेटवार्ता ?

अमेरिकी विदेश मन्त्रालयकी उपविदेशमन्त्री सारा बी रोजर्स तीनदिने भ्रमणका लागि काठमाडौं आइपुगेकी छिन्। बालेन्द्र शाह (बालेन) को नेतृत्वमा नयाँ सरकार गठन भएयता नेपाल आउने उनी सबैभन्दा वरिष्ठ अमेरिकी कूटनीतिज्ञ हुन्। अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्करले सगरमाथा आरोहण गरेको उपलक्ष्यमा आयोजित ‘एसेन्ट समिट २०२६’ मा भाग लिन उनी भारत हुँदै नेपाल आएकी हुन्।

भ्रमणका क्रममा उपविदेशमन्त्री रोजर्सले परराष्ट्रमन्त्री शिशिर खनाल र सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाका साथै उच्च अधिकारी र व्यावसायिक प्रतिनिधिहरूसँग भेटघाट गर्नेछिन्। यद्यपि, प्रधानमन्त्री बालेनसँग उनको भेटघाट तय भएको छैन। उनले नेपालमा अभिव्यक्ति स्वतन्त्रता, डिजिटल स्वतन्त्रता र खुला समाजको वकालत गर्नेछिन्। साथै, पाटन दरबार स्क्वायरसहित अमेरिकी कोषबाट संरक्षित सात सम्पदा स्थलहरूको भ्रमण गरी नेपालको पर्यटन र संस्कृतिप्रति अमेरिकी प्रतिबद्धता जनाउनेछिन्।

बालेन सरकार गठन भएको दुई महिना नपुग्दै नेपालमा पश्चिमा शक्तिहरूको कूटनीतिक सक्रियता बढेको छ। यसअघि अमेरिकी सहायक विदेशमन्त्री पल कपुर र विशेष दूत सर्जियो गोरले नेपाल भ्रमण गरिसकेका छन् भने गत मंगलबार मात्रै युरोपेली संघ (ईयू) का २३ देशका राजदूतहरूले प्रधानमन्त्री शाहसँग सामूहिक भेटवार्ता गरेका थिए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको