Like us!
Follow us!
Connect us!
Watch us!
को को फर्कदैछन माओवादीमा (लिस्ट सहित)

बाबुरामको नयाँ शक्तिमा ठूलो विद्रोहको तयारी

विहीबार, २१ बैशाख २०७४, १२ : ५६ मा प्रकाशित

बाबुरामको नयाँ शक्तिमा ठूलो विद्रोहको तयारी

अर्थ संसार 
काठमाडौँ – माक्र्सवादबाट परिवर्तन सम्भव छैन भन्दै नयाँ शक्ति बनाएका डा. बाबुराम भट्टराईको पार्टीमा ठूलै खाले विग्रहको अवस्था सिर्जना भएको छ ।

नयाँ सोच र शैलीको राजनीतिक दल निर्माण गरेर देशलाई आर्थिक संवृद्धि दिने योजनामा लागेका बाबुराम भट्टराईको चाहनामा फेरि ठेस पुग्ने पछिल्ला राजनीतिक घटनाक्रमले संकेत गरेको छ ।

बाबुरामले गौर हत्याकाकण्डका मतियारको रुमपा पयिरभाषित उपेन्द्र यादवसँग पार्टी एकता गर्न लागेपछि धेरै जसो पूर्व माओवादीहरुले माओवादीमा नै फर्कने तयारी गरेका छन् ।

उपेन्द्रसँग पार्टी एकता गर्न मसक्क कस्सिएका डा भट्टराईलाई सधैका लागि टाटा बाइ बाइ गर्न पूर्व माओवादीहरु लागेको बताइएको छ ।

पार्टीको एउटा खेमा उपेन्द्रसंग होइन बरु प्रचण्डसँगै पार्टी एकता गर्नुपर्छ भन्दै संवादमा उत्रेको खबर छ । नयाँ शक्तिमा प्रचण्डकै पार्टीसंग एकता गर्नुपर्छ भन्ने दबाब तीव्र पर्दै जान थालेपछि बाबुराम भने हतास, निराश र उदास बन्न पुगेका छन् ।
 
स्रोतका अनुसार, उपेन्द्रसँग नभएर माओवादीसंग एकता गर्नुपर्छ भन्ने धारको नेतृत्व नयाँ शक्तिका प्रभावशाली नेता देवेन्द्र पौडेलले गरेका छन् । यो समूहले एकताका लागि केही चरणमा माओवादीका नेताहरूसंग छलफल नै गरिसकेको छ ।

 माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, टोपबहादुर रायमाझी, उर्जा मन्त्री जनार्दन शर्मालगायत नेता नयाँ शक्तिलाई माओवादीमा फर्काउने अभियानमा जोडतोडका साथ लागेका छन् ।

‘माओवादी केन्द्रका उच्चस्तरीय नेताहरू नै नयाँ शक्तिलाई पार्टीमा फर्काउन संवाद गरिरहेका छन ’, नयाँ शक्तिनिकट स्रोतले भन्यो, ‘अबको केही दिनमा नै यसको परिणाम बाहिर आउनेछ ।’ माओवादीसंग एकता गर्नुपर्ने भन्दै अघि बढेका पौडेललाई माओवादीबाट गएकाले मात्रै होइन, अन्य पार्टीबाट आएकाहरूले पनि साथ दिएका छन् ।

 स्रोतका अनुसार नयाँ शक्तिका नेताहरू महेन्द्र पासवान, पर्शुराम तामाङ, पासाङ शेर्पा, कल्पना धमला, भक्तबहादुर शाह, राजेन्द्र किरातीलगायत माओवादीसंग एकता गर्नुपर्ने लाइनमा छन् ।

वैशाख ३१ भित्रै एकताको तयारी

स्रोतका अनुसार, विभिन्न चरणमा छलफल गरिसकेका नयाँ शक्ति र माओवादी केन्द्रका नेताहरूले वैशाख ३१ अगावै पार्टी एकता गर्ने तयारी गरेका छन् । ‘वैशाख ३१ अगावै पार्टी एकता गर्ने गरी कुराकानी भइरहेका छन,’ स्रोतले भन्यो, ‘सकेसम्म सबैलाई मनाएर जाने भन्ने कुरा भएको छ ।’

माओवादीबाट आएका र अन्य पार्टी ’समूहबाट आएका नेताहरू माओवादीसंगको एकताको पक्षमा रहे पनि बाबुराम भने यसमा अनिच्छुक् छन् । स्रोतका अनुसार बाबुराम सत्तोसराप गरेर छाडेको माओवादी फर्किनु भन्दा पनि उपेन्द्रसंगै एकता गर्न बढी उत्सुक छन् । 

तर, देवेन्द्रको समूहले बाबुरामको यस्तो चाहना रुचाएको छैन । यो समूह बाबुराम कतिसम्म बाबुरामसँग निराश बन्न पुगेको छ भने उनी नगए छाडेरै एकतामा जाने रणनीतिमा छ ।

‘एकता प्रक्रियामा बाबुराम गएनन् भने उनको हालत मोहन वैद्य किरणको जस्तै हुनेछ,’ नयां शक्तिका एक नेताले भने, ‘हामी बाबुरामलाई अन्तिमसम्म माओवादी केन्द्रमा फर्काउने प्रयास गर्छौं । यदि त्यसो हुन सकेन भने हामी बाबुरामसंग सति जानेवाला छैनौं ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको