Like us!
Follow us!
Connect us!
Watch us!

कुन माइक्रोफाइनान्सको कति लाभांश ?

मंगलबार, ०२ कार्तिक २०७३, १४ : ०० मा प्रकाशित

कुन माइक्रोफाइनान्सको कति लाभांश ?

अर्थ संसार

काठमाडौं–बजारमा माइक्रोफाइनान्सको सेयरप्रति निकै आकर्षण देखिएको छ । नाफा उच्च दरमा भएकाले पनि तिनप्रति आकर्षण देखिएको मान्न सकिन्छ । प्रतिफल घोषणाको आधारमा भने माइक्रो फाइनान्सका सेयरले लगानीकर्तालाई खासै उत्साहित बनाउन सकेको छैन । 

अहिलेसम्म ११ वटा माइक्रोफाइनान्स कम्पनीले लाभांश घोषणा गरेका छन् । तीमध्ये सबैभन्दा बढी किसान माइक्रो फाइनान्सले लाभांश घोषणा गरेको छ । उक्त कम्पनीले ६१ प्रतिशत बोनस सेयर र ३.२१ प्रतिशत नगद लाभांश गरी ६४.२१ प्रतिशत लाभांश घोषणा गरेको हो ।

यसै गरी लगानीकर्तालाई सबैभन्दा थोरै आइएलएफसिओ माइक्रोफाइनान्सले लाभांश घोषणा गरेको छ । यसले ५ प्रतिशत बोनस सेयरमात्रै दिने घोषणा गरेको छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको