Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंकले गर्यो भानुभक्त मा.वि सिन्धुलीलाई कम्प्युटर हस्तान्तरण

अर्थ संसार

शुक्रबार, ०७ फागुन २०७७, १३ : १२ मा प्रकाशित

प्रभु बैंकले गर्यो भानुभक्त मा.वि सिन्धुलीलाई कम्प्युटर हस्तान्तरण

प्रभु बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सिन्धुली जिल्लास्थित भानुभक्त माध्यमिक विद्यालयलाई १० थान कम्प्युटर, ३ थान प्रिन्टर र स्क्यानर उपलब्ध गराएको छ । 

फागुन ४ गतेका दिन भानुभक्त माध्यमिक विद्यालय तिनकुना, सिन्धुलीमा आयोजित एक समारोहमा प्रभु बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरलले भानुभक्त माध्यमिक विद्यालयलाई उक्त सामाग्रीहरु हस्तान्तरण गरेका हुन् । 

उक्त कार्यक्रममा शशि श्रेष्ठ र श्री लिलामणी पोखरेलको विशेष उपस्थिति रहेको थियो । त्यसैगरी कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका प्रधानाध्यापक, विद्यालयमा अध्यापनरत शिक्षक शिक्षिका, विद्यार्थी लगायत अभिभावकहरुको समेत उपस्थिति रहेको थियो ।  

प्रभु बैंक लिमिटेडद्धारा हस्तान्तरित कम्प्युटर तथा प्रिन्टरको माध्यमबाट भानुभक्त माध्यमिक विद्यालयको शैक्षिक गतिविधिमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा सहयोग उपलब्ध गराउँदै विभिन्न समाजपयोगी कार्यक्रमहरुमा सक्रिय सहभागिता जनाउँदै आएको प्रभु बैंकले आगामी दिनहरुमा आफ्नो सामाजिक क्रियाकलापलाई निरन्तरताको लागि बैंक प्रतिबद्ध रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको