Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंकको २ लाख ४४ हजार कित्ता सेयर बिक्रीमा

अर्थ संसार

आइतबार, ०६ बैशाख २०८३, १४ : ०७ मा प्रकाशित

प्रभु बैंकको २ लाख ४४ हजार कित्ता सेयर बिक्रीमा

प्रभु बैंक लिमिटेडले आफ्ना तीन जना संस्थापक  सेयरधनीको स्वामित्वमा रहेको कुल २ लाख ४४ हजार १२४ कित्ता संस्थापक  सेयर बिक्रीका लागि खुला गरेको छ।

संस्थापक  सेयरधनी किरण देवी अग्रवालको ११ हजार ८७ कित्ता, विनोद थकालीको २ लाख कित्ता र दुर्गा बहादुर श्रेष्ठको ३३ हजार ३७ कित्ता  सेयर बिक्रीमा राखिएको हो। यसअघि यी  सेयरहरू बैंकका विद्यमान संस्थापक  सेयरधनीलाई प्राथमिकतामा राखी ३५ दिनको अवधि दिइएको थियो। उक्त अवधिमा  सेयर बिक्री नभएपछि अब सर्वसाधारणका लागि खुला गरिएको हो।सेयर खरिद गर्न इच्छुक सर्वसाधारणले आवश्यक कागजातसहित आगामी १५ दिनभित्र काठमाडौंस्थित बबरमहलमा रहेको बैंकको केन्द्रीय कार्यालयमा निवेदन पेश गर्नुपर्नेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको