Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंकका ग्राहक र कर्मचारीलाई भारतको इन्द्रप्रस्थ अपोलो हस्पिटलमा छुट

अर्थ संसार

मंगलबार, २६ जेठ २०८३, १८ : ०६ मा प्रकाशित

प्रभु बैंकका ग्राहक र कर्मचारीलाई भारतको इन्द्रप्रस्थ अपोलो हस्पिटलमा छुट

नयाँ दिल्ली भारत स्थित इन्द्रप्रस्थ अपोलो हस्पीटल र काठमाण्डौ महानगरपालिका, वाड नं ११, बबरमहल स्थित प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई इन्द्रप्रस्थ अपोलो हस्पीटलको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

प्रभु बैकंका कर्मचारी, प्रभु बैकंका मोबाइल बौकिङ प्रयोगकर्ता, डेबिट तथा क्रेडिट कार्डबाहकहरुले १०% छुट पाउने भएका छन् । उक्त सम्झौता अनुसार भर्ना भएका बिरामीहरु लाई औषधी र उपभोग्य सामाग्री बाहेक, र भर्ना नभई उपचार गराउने बिरामीहरुलाई औषधि र परामर्श शुल्क बाहेकका शुल्कहरुमा १०% छुट पाउने भएका छन् ।

उक्त सम्झौतापत्रमा इन्द्रप्रस्थ अपोलो हस्पीटलका तर्फबाट डेपुटी म्यानेजर विपिन शर्मा र प्रभु बैंकका तर्फबाट चिफ मार्केटीङ अफिसर दिपेन्द्र बाबु विष्ट को संयुक्त हस्ताक्षर बिच सम्पन्न भयो । यो सम्झौता २८ मे २०२६ देखि प्रारम्भ भई मे २०२८ सम्म कायम रहनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको