Like us!
Follow us!
Connect us!
Watch us!

सिभिल बैंकको लाभांश पारित, संचालक समितिलाई मर्जरको अख्तियारी

अर्थ संसार

आइतबार, ०९ फागुन २०७७, १३ : ५६ मा प्रकाशित

सिभिल बैंकको लाभांश पारित, संचालक समितिलाई मर्जरको  अख्तियारी

सिभिल बैंक लिमिटेडको दशौँ  वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको उक्त सभा आज (आइतबार)  भर्चुअल माध्यमबाट सम्पन्न  भएको हो । 

उक्त साधारण सभाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम बैंकको चुक्ता पूँजीको ८% का दरले हुन आउने ६४ करोड २ लाख ७१ हजार १७३.७१ रुपैयाँ   बराबरको बोनस सेयर र कर प्रयोजनको लागि प्रतिसेयर ०.४२% का दरले हुन आउने ३ करोड ३६ लाख ९८  हजार ४८२.८४  रुपैयाँ नगद लाभांश वितरण गर्न सर्वसम्मतीले स्वीकृत प्रदान गरेको छ ।

साथै सभाले आर्थिक वर्ष २०७७/०७८ को लेखापरिक्षण गर्नको लागि “एन.बि.एस.एम.एण्ड एशोसियट्स”लाई लेखापरिक्षकमा पुनः नियुक्त गर्नुका साथै सिभिल बैंक लिमिटेड र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने/गाभिन (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने/हुने वा स्वदेशी/विदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमती र सम्झौता गर्ने लगायत प्रचलित नियम, कानून अनुसार बैंकको तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ ।

सिभिल बैंकले आधुनिक प्रबिधियुक्त बैंकिङ्ग सेवा तथा सुविधामा विशेष ध्यान दिंदै ग्राहकसेवालाइ निरन्तर रुपमा चुस्त दुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना रहेको बैंकले जनाएको छ । 

बैंकरहरुले नेपालको वित्तीय प्रणालीलाई धरासायी बनाउने काम गरे | RamChandra Pokharel

603215f94bd77.jpeg 603215fcad09c.jpeg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको