Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयनले सिभिललाई प्राप्ती गरी आजबाट सुरू गर्यो एकिकृत कारोबार, कूल पूँजी ३४ अर्ब नाघ्याे

अर्थ संसार

शुक्रबार, १२ फागुन २०७९, ११ : ०० मा प्रकाशित

हिमालयनले सिभिललाई प्राप्ती गरी आजबाट सुरू गर्यो एकिकृत कारोबार, कूल पूँजी ३४ अर्ब नाघ्याे

हिमालयन बैंक लिमिटेडले सिभिल बैंक लिमिटेडलाई प्राप्ति गरे पश्चात् "हिमालयन बैंक लिमिटेड" को नामबाट आज फाल्गुण १२ गते शुक्रबारको दिन देखि एकिकृत कारोबार सुरू गरेको छ ।

हिमालयन बैंक लिमिटेडका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठले एक विशेष समारोहका बीच एकिकृत कारोबार शुभारम्भ भएको घोषणा गरे । उनले प्राप्ति हिमालयन बैंक लिमिटेडलाई थप उत्कृष्टताका साथ समृद्धिको बाटोमा सगै अगाडि बढ्नका लागि भएको बताए ।

सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् बैंकको अधिकृत पूँजी रु २६ अर्ब, चुक्ता तथा जारी पूँजी २१.६५ अर्ब, कूल पूँजी ३४ अर्ब र कूल सम्पत्ति ३३४ अर्व रहने छ भने बैंकको कूल निक्षेप २७४ अर्ब र कूल कर्जा २५० अर्ब रहने छ । यसैगरी आजबाट बैंकले हर्षोल्लासका साथ नेपाल भरि रहेका १८९ शाखाहरु, २० वटा विस्तारित काउन्टर र २६३ भन्दा बढी ATM Booth हरुवाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्नेछ ।

विशेष समारोहलाई सम्बोधन गर्दै बैंकका अध्यक्ष श्रेष्ठले देशविकासको आर्थिक अवस्था एवं प्राप्ति पछि प्राप्त हुने बजार विस्तारको सम्भावना तथा लगानी योग्य वातावरणलाई ध्यानमा राखेर बैंकको बृहत्तर विकास, दिगोपन र सशक्तताका लागि हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेको बताए ।

त्यसैगरी सिभिल बैंक लिमिटेडका अध्यक्ष श्री प्रदिप जङ्ग पाण्डेले दुई बैंकबीचको एकता आगामी दिनमा थप सबल र सक्षम बनाउनका लागि भएको बताए । समारोहमा हिमालयन बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाले अब हिमालयन बैंक देश कै एउटा उत्कृष्ट, सबल तथा ठूलो संस्था बनेको बताए । उनले आगामी दिनहरुमा बैंक आफ्ना सेयरधनीहरुलाई उच्चतम प्रतिफल दिन र ग्राहकवर्गलाई समय सापेक्ष नवीन प्रबिधियुक्त सेवा सुविधा प्रदान गर्नका लागि केन्द्रित हुने बताए ।

कार्यक्रममा हिमालयन बैंकका महाप्रबन्धक उज्वल राजभण्डारीले यस प्राप्ति प्रक्रियामा साथ र सहयोग पुऱ्याउनु हुने सम्पूर्ण संघ-संस्थालाई धन्यवाद ज्ञापन गरेका थिए ।

हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् बैंकको संचालक समितिमा हाल हिमालयन बैंक लिमिटेडकै सञ्चालक समिति रहनेछ भने बैंकको अध्यक्षतामा प्रचण्ड बहादुर श्रेष्ठ नै रहेका छन् । त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणा रहेका छन् । प्राप्ति पश्चात् बैंकको केन्द्रीय कार्यालय कमलादीस्थित हालको हिमालयन बैंक लिमिटेडको केन्द्रीय कार्यालय रहेको स्थानमा नै रहेको छ । हिमालयन बैंक लिमिटेडले सिभिल बैंक लिमिटेडलाई १:०.८०२८ सेयर आदान प्रदान अनुपातमा प्राप्ति गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको