Like us!
Follow us!
Connect us!
Watch us!

ठूला दलका शोषणबाट निमुखा जनताले न्याय पाउदैनन् : यादव

विहीबार, २१ बैशाख २०७४, १७ : ०५ मा प्रकाशित

ठूला दलका शोषणबाट निमुखा जनताले न्याय पाउदैनन् : यादव

अर्थ संसार 
बीरगंज –नेपाल संघिय समाजवादी पार्टी द्वारा आज पर्सा जिल्लाको क्षेत्र न ३ मा पर्ने बर्वाटोलमा वृहत पार्टी प्रवेश कार्यक्रम तथा आम सभा सम्पन्न भएको छ । 

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल संघिय समाजवादि पार्टीका केन्द्रीय उपाध्यक्ष राजकुमार यादवले एमाले, कांग्रेस र राप्रपाले संघियता सहज ढंगले स्वीकार गर्न नसकेको कारण मुलुक संकटमा फस्दै गएको बताउनु भयो । 

उहाँले ठूला दल प्रदेशमा भन्दा बढी स्थानिय तहमा केन्द्रित रहेको बताउदै मधेशी जनताको अधिकार पहिचान माथि खेलवाड भई रहेको आरोप लगाउनु भयो । 

अहिले केही दलहरु सत्ताको दुरुपयोग गर्दै चुनाव खर्च उठाउने केन्द्रित रहेको र गाउँ गाउँमा झगडा लगाउने काम गरेको आरोप लगाउदै सामन्तवादी सोचबाट अगाडी बढेका ठूला दलका शोषकहरुबाट गाउँका निमुखा जनताले न्याय नपाउने दावी गर्नु भयो । 

स्थानिय सुर्य रामको अध्यक्षता सम्पन्न कार्यक्रममा संघिय समाजवादी पार्टीका नेता दिप नारायण रौनियार, फैयाज अहमद, महेन्द्र यादव, बालेश्वर चौधरी, अजय यादव, अयोध्या राम लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी संघिय समाजवादी पार्टीमा प्रवेश गर्नेलाई नेता यादवले फुल माला टिका लगाई स्वागत गर्नु भएको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको