Like us!
Follow us!
Connect us!
Watch us!

महिला लघुवित्तको प्रि-अलोटमेण्ट सम्पन्न, बाँडफाँड कहिले  ?

अर्थ संसार

बुधबार, १२ फागुन २०७७, १० : ४८ मा प्रकाशित

महिला लघुवित्तको प्रि-अलोटमेण्ट सम्पन्न, बाँडफाँड कहिले  ?

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडकाे आइपिओकाे प्रि-अलोटमेण्ट हिजाे (फागुन ११ गते, मंगलबार) सम्पन्न भएको छ । प्रि-अलोटमेण्टमा डाटाहरुको भेरिफिकेसन गरी योग्य आवेदक छुट्टाउने गरीन्छ । अब संस्थाकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड फागुन १४ गते शुक्रबार हुने निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडले जानकारी दिएकाे छ । हालसम्म समय भने निश्चित भएकाे छैन ।

कम्पनीको आईपीओमा १५ लाख ४० हजार ४८ जना आवेदकले २ अर्ब ३४ करोड ३३ लाख ७७ हजार रूपैयाँ बराबरको २ करोड ३४ लाख ३३ हजार ७ सय ७० कित्ताको लागि आवेदन  परेको छ । यस अन्तिम तथ्यांकलाई हेर्दा न्युनतम १० कित्ताको दरले वितरण गर्दा ३७ हजार ५०० जना आवेदकले मात्र सेयर हात पार्नेछन् भने बाँकी १५ लाख २ हजार २ हजार ५ सय ४८ जनाकाे हात खाली हुनेछ । माग भन्दा धेरै आवेदन परेकोले उक्त आईपीओको बाँडफाँड गोलाप्रथाबाट हुनेछ ।

संस्थाले माघ ३० गते, शुक्रबारबाट फागुन ५ गते, बुधबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४ कराेड रूपैयाँ बराबरकाे ४ लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात २० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र  ३ लाख ७५ हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि छुट्याइएको थियाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको