Like us!
Follow us!
Connect us!
Watch us!

बम्पर लाभांश घोषणा गरेको महिला लघुवित्तको नाफामा उछाल, प्रतिसेयर आम्दानी ११४ रुपैयाँ

अर्थ संसार

विहीबार, ०२ मंसिर २०७८, ०८ : ५० मा प्रकाशित

बम्पर लाभांश घोषणा गरेको महिला लघुवित्तको नाफामा उछाल, प्रतिसेयर आम्दानी ११४ रुपैयाँ

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार संस्थाले राम्रो प्रगति गरेको देखिएको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाले २ करोड ८६ लाख ७७ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । उक्त नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ४४.४१ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको यसै अवधिमा संस्थाले १ करोड ९८ लाख ८५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाले ६ करोड ५५ लाख ७१ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षको यसै अवधिको तुलनामा ६०.७३ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको यसै अवधिमा संस्थाले ४ करोड ७ लाख ९७ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।

संस्थाको प्रतिसेयर आम्दानी १ सय १४ रूपैयाँ ७१ पैसा रहेको छ । संस्थाको प्रतिसेयर नेटवर्थ ३ सय २८ रूपैयाँ ९४ पैसा रहेको छ । संस्थाको चुक्ता पूँजी १० करोड रूपैयाँ छ । संस्थाको जगेडा कोषमा २२ करोड ८९ लाख ४० हजार रुपैयाँ सञ्चित छ । संस्थाले अघिल्लो आर्थिक बर्षको मुनाफाबाट ५० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।

समिक्षा अवधिमा संस्थाले १ करोड ९३ लाख ९५ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको छ । गत वर्ष संस्था १ करोड ५८ लाख ७४ हजार रूपैयाँ सञ्चालन नोक्सानमा रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको