Like us!
Follow us!
Connect us!
Watch us!

महिला लघुवित्तको २ लाख कित्ता संस्थापक सेयर लिलाम बिक्रीमा

अर्थ संसार

सोमबार, १७ असार २०८१, १० : २९ मा प्रकाशित

महिला लघुवित्तको २ लाख कित्ता संस्थापक सेयर लिलाम बिक्रीमा

महिला लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर लिलामी बिक्रीमा ल्याएको छ । 

लघुवित्तले संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ९९ हजार ४७२ कित्ता संस्थापक सेयर लिलाम बिक्रीमा ल्याएको हो । 
सो सेयरको प्रतिकित्ता न्यूनतम मूल्य ७ सय रुपियाँमा तोकिएको छ । 

सेयर खरिद गर्न इच्छुक जोकोही व्यक्ति तथा संगठित संस्थाले गोप्य शिलबन्दी बोलपत्र पेस गर्न सक्नेछन् । इच्छुक लगानीकर्ताले आज (असार १७) देखि साउन ८ गतेसम्म बोलपत्र पेस गर्नुपर्नेछ ।

बोलपत्र फाराम बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड, ठमेल, काठमाडौंमा बुझाउनुपर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको