Like us!
Follow us!
Connect us!
Watch us!

महिला लघुवित्तको नाफामा पहिरो, ४५ रुपैयाँले घट्यो ईपीएस

अर्थ संसार

सोमबार, ०५ मंसिर २०७९, ०७ : १२ मा प्रकाशित

महिला लघुवित्तको नाफामा पहिरो, ४५ रुपैयाँले घट्यो ईपीएस

महिला लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार पहिलो त्रैमाससम्ममा संस्थाको मुनाफामा व्यापक गिरावट आएको देखिन्छ । 

उक्त विवरण अनुसार  समिक्षा अवधिसम्म आइपुग्दा संस्थाले १ करोड ५९ लाख ९९ हजार रुपैयाँ नाफा कमाएको छ । गत वर्षको यही अवधिमा संस्थाले ३ करोड २७ लाख ४७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यस अवधिमा संस्थाको नाफामा ५१ प्रतिशतले गिरावट आएको हो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म संस्थाको सञ्चालन मुनाफा ५१.१४ प्रतिशतले घटेर २ कराड २८ लाख ५६ हजार रुपैयाँमा झरेको छ । गत वर्षको यही अवधिमा संस्थाको सञ्चालन मुनाफा ४ करोड ६७ लाख ८२ हजार रुपैयाँ रहेको थियो । त्यसैगरी, पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाको खुद व्याज आम्दानी भने ८.६० प्रतिशतले बढेर ७ करोड ७५ लाख ३५ हजार रुपैयाँ पुगेको छ । 

त्यस्तै, संस्थाको चुक्ता पुँजी १४ करोड ७५ लाख रुपैयाँ र जगेडा कोषमा १२ करोड ६९ लाख रुपैयाँ रहेको छ । समिक्षा अवधिमा संस्थाको बार्षिकृत प्रतिसेयर आम्दानी (ईपीएस) ४५.४२ रुपैयाँले घटेर ४३.३९ रुपैयाँमा सिमित हुन पुगेको छ । संस्थाको प्रतिसेयर नेटवर्थ २९२ रुपैयाँ ३ पैसा रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको