Like us!
Follow us!
Connect us!
Watch us!

यी २ लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

अर्थ संसार

विहीबार, १३ फागुन २०७७, ०७ : २० मा प्रकाशित

यी २ लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

विभिन्न २ वटा कम्पनीकाे लाभांश सुरक्षित गर्ने आज (फागुन १३ गते, बिहीबार) अन्तिम दिन रहेकाे छ  । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेड र नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडकाे लाभांश सुरक्षित गर्ने आज (फागुन १३ गते, बिहीबार) अन्तिम दिन हाे ।

१. गणपति लघुवित्त वित्तीय संस्था लिमिटेड

संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि भाेलि फागुन १४ गतेदेखि फागुन २८ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज (फागुन १३ गते, बिहीबार) सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् । संस्थाकाे माघ १६ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे चाैँथाे वार्षिक साधारण सभा फागुन २८ गते, शुक्रबार,  ह्वाइट हाउस पार्टी प्यालेस, दुलेगौँडा तनहुँमा बिहान ११ बजेदेखि सुरू हुनेछ । त्यसैगरी, सभामा संस्थाकाे पाैष २२ गते, बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई १५ प्रतिशत बोनस शेयर र ०.७९ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

२. नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड

संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि भाेलि फागुन १४ गतेदेखि चैत्र ५ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज (फागुन १३ गते, बिहीबार) सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् । संस्थाकाे फागुन ३ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे साताैँ वार्षिक साधारण सभा चैत्र ५ गते, बिहीबार, क्रिक रिसोर्ट, धादिङमा बिहान १० बजेदेखि सुरू हुनेछ । सभामा संस्थाकाे पाैष १९ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई २१ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल २७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको