Like us!
Follow us!
Connect us!
Watch us!

विश्वकप लिग २ : युएईसँग भिड्दै नेपाल

अर्थ संसार

शुक्रबार, १८ बैशाख २०८३, ०७ : ४१ मा प्रकाशित

विश्वकप लिग २ : युएईसँग भिड्दै नेपाल

आईसीसी क्रिकेट विश्वकप लिग २ मा शुक्रबार अंक तालिकाका पुछारका दुई टोली नेपाल र युनाइटेड अरब इमिरेट्स (युएई) पुनः भिड्दै छन् । पहिलो खेलमा ३७ रनको फराकिलो जित निकालेको नेपाल यस खेलमा पनि सोही लयलाई दोहो¥याउने तयारीमा हुनेछ । यता युएई भने पहिलो खेलमा बेहोरेको हारको बदला लिने लक्ष्यमा हुनेछ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान ९ः३० बाट सुरु हुनेछ। पछिल्ला ५ भेटमा नेपालले ३ खेल जितेको छ । बाँकीका दुई खेलमा भने युएईले बाजी मारेको छ। यद्यपि, हेड टु हेडमा भने नेपाल अगाडि छ । नेपालले १० खेल जित्दा युएईले ७ खेल मात्र आफ्नो पक्षमा पार्न सफल भएको छ ।

यद्यपि, यी दुई टोली लिग २ को अंक तालिकामा पुछारमा छन्। नेपाल २२ खेलबाट १४ अंक बटुल्दै सातौं स्थानमा छ । समान खेल खेलेको युएई १२ अंकसहित आठौं स्थानमा छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको