Like us!
Follow us!
Connect us!
Watch us!

पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम अवसर

अर्थ संसार

आइतबार, ०६ पुस २०८२, ०७ : २६ मा प्रकाशित

पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम अवसर

सूचीकृत पाँच वटा कम्पनीले घोषणा गरेका लाभांश प्राप्त गर्न चाहने लगानीकर्ताका लागि आज अन्तिम अवसर रहेको छ। महालक्ष्मी विकास बैंक, नेपाल लाइफ इन्स्योरेन्स, तारागाउँ रिजेन्सी होटल्स, सिनर्जी हाइड्रो इनर्जी र नेपाल हाइड्रो डेभलोपर लिमिटेडले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस ७ गते बुक क्लोज गर्ने भएकाले पुस ६ गतेसम्म सेयर कायम भएका लगानीकर्ता मात्रै लाभांशका हकदार हुनेछन्।

महालक्ष्मी विकास बैंकले पुस २१ गते काठमाडौँको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा आफ्नो २४ औँ वार्षिक साधारण सभा आयोजना गर्दैछ। बैंकले सभामा ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ५.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने जनाएको छ। यससँगै बैंकको संरचना र दीर्घकालीन व्यवस्थापनसँग सम्बन्धित अन्य महत्वपूर्ण निर्णयहरू पनि सभाबाट टुंग्याइनेछ।

सिनर्जी हाइड्रो इनर्जी लिमिटेडले पुस २१ गते धुम्बाराहीस्थित धुम्रबराह भेन्युमा १६ औँ वार्षिक साधारण सभा गर्दैछ। कम्पनीले बोनस सेयर वितरणसँगै त्यसपछि शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने विशेष प्रस्ताव अनुमोदनका लागि पेश गर्नेछ।

नेपाल लाइफ इन्स्योरेन्सले पुस १९ गते वीरगञ्जको होटल भिष्वामा २६ औँ वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीले सो सभाबाट ५ प्रतिशत बोनस सेयर तथा करसहित १६.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गराउने तयारी गरेको छ। सञ्चालक समिति सम्बन्धी विषय र लेखापरीक्षक नियुक्ति पनि सभाको कार्यसूचीमा समावेश छन्।

नेपाल हाइड्रो डेभलोपर लिमिटेडले पुस २३ गते काठमाडौँको अम्रपाली बैंकेटमा १९ औँ वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीले ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा लैजाने जनाएको छ।

तारागाउँ रिजेन्सी होटल्सले पुस २३ गते काठमाडौँको भद्रकालीस्थित नेपाल आर्मी अफिसर्स क्लबमा २९ औँ वार्षिक साधारण सभा आयोजना गर्नेछ। होटलले करबाहेक ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा प्रस्तुत गर्ने जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको