Like us!
Follow us!
Connect us!
Watch us!

एकैदिन लाभांश घोषणा गरेका चार कम्पनी, कसले कति दिदैछन बोनस र नगद ?

अर्थ संसार

विहीबार, ०३ पुस २०८२, १३ : १७ मा प्रकाशित

एकैदिन लाभांश घोषणा गरेका चार कम्पनी, कसले कति दिदैछन बोनस र नगद ?

लाभांश वितरणको मौसम सुरु भएसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनीहरूले लगानीकर्तालाई लाभांश दिने घोषणा तीव्र बनाएका छन्। बिहीबार चारवटा बीमा कम्पनीहरूले आफ्ना सेयरधनीका लागि लाभांश प्रस्ताव सार्वजनिक गरेका छन्।

नेशनल लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स र नेपाल इन्स्योरेन्सले लाभांश घोषणा गरेका हुन्।

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पुस २ गते बसेको सञ्चालक समिति बैठकबाट कुल १३.१५७८९ प्रतिशत लाभांश दिने निर्णय गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ८.५ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस सेयर वितरण गर्नेछ। लाभांशमा लाग्ने कर समायोजनका लागि ०.६५७८९ प्रतिशत रकम नगद लाभांशबाट कट्टा गरिने निर्णय पनि गरिएको छ।

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पनि पुस २ गतेको बैठकमार्फत कुल २०.२६३२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। कम्पनीले ५ प्रतिशत बोनस सेयर र १५.२६३२ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने योजना अघि सारेको हो।  प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले कुल ८.४२१ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ४.४२१ प्रतिशत नगद लाभांश (कर सहित) र ४ प्रतिशत बोनस सेयर समावेश छ। 

यसैगरी, नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको पुस ३ गते बिहान बसेको सञ्चालक समिति बैठकले ६.३१५८ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको छ। 

 कम्पनीले घोषणा गरेको लाभांश  नियामक निकायको स्वीकृति र वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीलाई वितरण गरिनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको