Like us!
Follow us!
Connect us!
Watch us!

लिखत सम्बन्धी कसूरमा संलग्न लेखा अधिकृत पक्राउ

अर्थ संसार

विहीबार, १३ फागुन २०७७, १३ : २५ मा प्रकाशित

लिखत सम्बन्धी कसूरमा संलग्न लेखा अधिकृत पक्राउ

लिखत सम्बन्धि कसूरमा संलग्न रहेको अभियोगमा काठमाडौं तारकेश्वर नगरपालिका-६ बस्ने चितवन भरतपुर नगरपालिका-११ घर भएका मालपोत कार्यालय भरतपुर चितवनमा कार्यरत तत्कालीन लेखा अधिकृत ५७ वर्षीय रिठ्ठे परियारलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

लेखा अधिकृत रिठ्ठे समेतको संलग्नतामा राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय भरतपुर चितवनको भौचर, छाप र कर्मचारीहरुको दस्तखत समेत किर्ते गरी १ करोड १७ लाख २४ हजार ५ सय ३८ रुपैयाँ लिखत सम्वन्धी कसूर गरी सरकारी रकम अपचलन गरेको प्रारम्भिक अनुसान्धानको क्रममा खुल्न आएपछि तारकेश्वर नगरपालिका-६ मा लुकिछिपी बसेको अवस्थामा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको