Like us!
Follow us!
Connect us!
Watch us!

निशुल्क पढाउने भन्दै बालबालिकालाई शारीरिक तथा मानसिक यातना दिएको अभियोगमा पक्राउ

अर्थ संसार

सोमबार, १७ फागुन २०७७, १६ : १९ मा प्रकाशित

निशुल्क पढाउने भन्दै बालबालिकालाई शारीरिक तथा मानसिक यातना दिएको अभियोगमा पक्राउ

बालबालिकालाई शारीरिक तथा मानसिक यातना दिएको अभियोगमा मादी गाउँपालिका(६ बस्ने ४५ वर्षीय ईन्द्र बहादुर थापालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

कमजोर आर्थिक अवस्था भएका बालबालिकाहरुलाई निशुल्क खाने र बस्ने व्यवस्था गरी स्कुलमा पढाउने भन्दै आश्वासन दिई ल्याएका बालबालिकाहरुलाई थापाले शारीरिक तथा मानसिक यातना दिने गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

थापा उपर बालबालिका सम्बन्धी कसूर अन्तर्गत थप अनुसन्धान प्रकृया अगाडि बढाइएको तथा बालबालिकाहरुलाई हाल सिविन नेपाल संस्थामा राखी उनीहरुको घर ठेगाना र अभिभावकको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको