Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंकले सुरु गर्यो ब्यांकासुरेन्स सेवा

शुक्रबार, २२ बैशाख २०७४, १५ : ३० मा प्रकाशित

सिटिजन्स बैंकले सुरु गर्यो ब्यांकासुरेन्स सेवा

अर्थ संसार
काठमाडौं–सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सूार्य लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच ब्यांंकासुरेन्ससम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

उक्त सम्झौता–पत्रमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारी र सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गरे । 

उक्त सम्झौतापश्चात सिटिजन्स बैंकका ग्राहकहरुले बैंकको कुनै पनि शाखाबाट बैंकिङ्ग सेवाका अतिरिक्त आफ्नो जीवन बीमा गर्न र सोको प्रिमियम रकम छिटो, छरितो र सहज रुपमा बुझाउन, बीमा लेख लिन, दावी भुक्तानीलगायत सम्पूर्ण बीमा सेवा लिन सक्नेछन्

। बैंकले ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दैे बीमा सम्बन्धी सेवा पनि उपलब्ध गराउन लागेको जनाएको छ । यस सेवाबाट ग्राहकहरु लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

देशको १४ अञ्चलमा फैलिएका सिटिजन्स बैंकका काठमाडौं उपत्यकाभित्र २४ र बाहिर ३४ गरी ५८ वटा शाखा, ५७ वटा एटिएम. काउन्टर र ७३ वटा शाखारहित बैकिङ्ग सेवा छन् । 

यो पनि पढ्नुहोस 

अपिपावरको संचित मुनाफा करिव  ६ करोड 

बजारमा यी कम्पनीको आइपिओ र एफपिओ  आउँदै 

के किशोर र रन्जुले बाजी मार्लान काठमाण्डौको मेयरमा ? 

एस डेभलपमेन्टपछि इन्भेस्टमेन्टको पूँजी नौ अर्ब पुग्ने 

युनिक नेपालले माग्यो ३१ जना कर्मचारी (विज्ञापनसहित) 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको