नविल बैंकले ४४ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले ४४ हजार ३७ कित्ता संस्थापक सेयर बिक्रिमा राखेको हो ।
बैंकको संस्थापक सेयर खरिद गर्न पाउने विद्यमान संस्थापक सेयर धनीको नै हुन कानूनी व्यवस्थाको कारण बिक्रिमा रहेको सो सेयर खरिद गर्न चाहने हाल कायम संस्थापक सेयर धनीले ३५ दिन भित्रमा बैंकको केन्द्रीय कार्यालय तिनधारा, विणामार्ग दरवार मार्ग ,काठमाडौं स्थिति केन्दीय कार्यलयमा रहेको कम्पनी सचिवको कार्यालयमा निवेदन दिनु पर्ने छ ।
हाल कायम बिद्यमान सेयरधनीले सो सेयर खरिद गर्न तोकिएको समय भित्र रितपुर्बक निवेदन नदिएमा प्रचलित कानून बमोजिम अन्य ब्यक्ति संस्थालाई बिक्रि गरिने बैंकले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस