Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी इक्विटी फन्ड आजदेखि बिक्रीमा, कहाँबाट दिने आवेदन ?

अर्थ संसार

शुक्रबार, १४ फागुन २०७७, ०८ : १७ मा प्रकाशित

कुमारी इक्विटी फन्ड आजदेखि बिक्रीमा, कहाँबाट दिने आवेदन ?

कुमारी क्यापिटल लिमिटेडले आज (फागुन १४ गते, शुक्रबार) देखि "कुमारी इक्विटी फन्ड" नामक सामुहिक लगानी कोष निष्कासन तथा बिक्री खुल्ला गरेकाे छ । यो दशवर्षे बन्दमुखी योजना हो ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ८ करोड इकाई निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । फण्डले १५ प्रतिशत अर्थात् १ करोड २० लाख इकाई कोष प्रवर्धक कुमारी बैंकलाई सुरक्षित गरी बाँकी रहेको ६ करोड ८० लाख इकाई सर्वसाधरणलाई खुल्ला गरेकाे हाे । 

उक्त फण्डमा न्यूनतम १०० इकाईदेखि अधिकतम ८० लाख इकाईसम्म आज (फागुन १४ गते, शुक्रबार) देखि फागुन १८ गते मंगलबारसम्म आवेदन दिन पाइनेछ । यस अवधिमा पर्याप्त आवेदन नपरेमा फागुन २८ गते शुक्रबारसम्म आवेदन दिन सकिनेछ ।

उक्त फण्डको इकाईमा लगानीकर्ताहरूले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट पनि आवेदन दिन सक्नेछन् । इक्रा नेपालले यो योजनालाई एएमसी ३ रेटिङ प्रदान गरेको छ । 

फन्डले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

60385e069d4bb.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको