Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी इक्विटी फन्डमा लगानी गर्ने आज अन्तिम मौका

अर्थ संसार

मंगलबार, २५ फागुन २०७७, ०८ : ३१ मा प्रकाशित

कुमारी इक्विटी फन्डमा लगानी गर्ने आज अन्तिम मौका

कुमारी क्यापिटल लिमिटेडले फागुन १४ गते, (शुक्रबार) देखि बिक्रि खुल्ला गरेको कुमारी इक्विटी फन्ड नामक सामुहिक लगानी कोषमा आवेदनका दिने आज (फागुन २५ गते, मंगलबार) अन्तिम दिन रहेकाे छ । यसअघि फागुन २८ गतेसम्म आवेदन दिन सकिने भनिएकाेमा माग भन्दा धेरै आवेदन परेकाे हुनाले आज बन्द गर्न लागिएकाे हाे ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ८ करोड इकाई निष्कासन तथा बिक्री खुल्ला गरेको हो । फण्डले १५ प्रतिशत अर्थात् १ करोड २० लाख इकाई कोष प्रवर्धक कुमारी बैंकलाई सुरक्षित गरी बाँकी रहेको ६ करोड ८० लाख इकाई सर्वसाधरणलाई खुल्ला गरेको हो । उक्त फण्डमा न्यूनतम १०० इकाईदेखि अधिकतम ८० लाख इकाईसम्म आवेदन दिन पाइनेछ । यो दशवर्षे बन्दमुखी योजना हो । 

उक्त फण्डको इकाईमा लगानीकर्ताहरूले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट पनि आवेदन दिन सक्नेछन् । इक्रा नेपालले यो योजनालाई एएमसी ३ रेटिङ प्रदान गरेको छ । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

6046e258f1014.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको