Like us!
Follow us!
Connect us!
Watch us!

माछापुछ्रे बैंकद्वारा पोखरामा क्युआर कोड सेवा सञ्चालनमा

अर्थ संसार

शुक्रबार, १४ फागुन २०७७, १६ : ५३ मा प्रकाशित

माछापुछ्रे बैंकद्वारा पोखरामा क्युआर कोड सेवा सञ्चालनमा

देशका हरेक वर्ग र तहकाग्राहकमाझ डिजिटल सेवाको पहुँच पुर्याउने उद्देश्यले माछापुछ्रे बैंकले पोखरा स्थित हङकङ बजार, पोखरेली ट्याक्सी सेवा प्रा.लि तथा पोखरा कै सिद्दार्थ चोकमा रहेको कम्प्लेक्समा शुक्रबारदेखि एकैसाथ क्यु.आर.कोड सेवा सञ्चालनमा ल्याएको छ ।

डिजिटल बैंकिङ्गमाआक्रमकबन्दै देशका हरेक स्थानमा सरल र सहज सेवाविस्तार गर्ने क्रममा माछापुछ्रे बैंकले पोखराका ३ स्थानमा एकैपटक भव्य क्यु आर कोड समुद्घघाटन समारोहको आयोजना गरेको हो ।

पोखराको नयाँ बजारमा रहेको हङकङ बजारमा शुक्रबार एक कार्यक्रमकाबीच नेपाल राष्ट्र बैंकका का.मु निर्देशक पुस्कर सुर्खाली तथा माछापुछ्रे बैंकका संचालक रोशन केसीले संयुक्त रुपमा उक्त समारोहको समुद्घघाटन गरेका हुन् । उक्त कार्यक्रममा माछापुछ्रे बैंकका सञ्चालक विश्व प्रकाश गौतम तथा श्रीमती सृजना कार्कीको पनि उपस्थिती रहेको थियो।

यो सेवा संचालनमा आएपछि हङकङ बजार तथा कम्प्लेक्समा तरकारी, फलफूल तथा अन्य कस्मेटिक सामान किन्न जाने उपभोक्ताले मोबाइल बैंकिङ एप्लिकेसन प्रयोग गरी तरकारी किन्न सक्नेछन् । 

त्यसैगरी, पोखरेली ट्याक्सीव्यवसायीअन्तर्गत सञ्चालनमा रहेका ट्याक्सीमा चढ्ने ग्राहकले नगदको सट्टामा क्यु आर कोडको प्रयोग गरि ट्याक्सी भाडा तिर्न सक्नेछन् ।  उक्त कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका का.मु निर्देशक पुस्कर सुर्खालीले अबको युग डिजिटल युग भएको हुनाले आजैबाट आफ्ना हरेक कारोबार डिजिटल भुक्तानीमार्फत गर्न आम उपभोक्तालाई आग्रह गरे ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको