Like us!
Follow us!
Connect us!
Watch us!

नारायणी डेभलपमेन्ट बैंकको हकप्रद बाँडफाँड, फिर्ता भुक्तानी कहिले ?

अर्थ संसार

सोमबार, १७ फागुन २०७७, ०८ : ०३ मा प्रकाशित

नारायणी डेभलपमेन्ट बैंकको हकप्रद बाँडफाँड, फिर्ता भुक्तानी कहिले ?

नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना लगानीकर्तालाई निष्कासन तथा बिक्री खुल्ला गरेकाे हकप्रद सेयर बाँडफाँड गरेकाे छ ।

बैंकले १:१ अर्थात एक कित्ता शेयर बराबर एकको अनुपातमा ६ करोड ५६ लाख १६ हजार ९ सय रुपैयाँ बराबरको ६ लाख ५६ हजार १ सय ६९ कित्ता हकप्रद शेयर निष्कासन गरेकाे थियाे ।

उक्त अवधिभित्र रितपूर्वक आवेदन दिने ८३२ जना शेयरधनीहरूलाई ६ लाख ३२ हजार ४ सय ३० कित्ता सेयर बैंककाे हकप्रद निष्कासनकाे विभिन्न दफाहरूमा व्यवस्था गरिए अनुसार फागुन १४ गते, शुक्रबार बाँडफाँड गरिएकाे बैंकले एक सूचना मार्फत जानकारी दिएकाे छ । 

त्यसैगरी, आफ्नाे कायम हकभन्दा बढी सेयरका लागि दरखास्त आवृदकहरूलाई बाँडफाँडमा नपरेकाे हकप्रद बापतकाे रकम भाेलि (फागुन १८ गते, मंगलबार) बाट फिर्ता दिइनेछ ।

बैंककाे हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गरेकाे थियाे ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

603c4eaea81a6.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको