Like us!
Follow us!
Connect us!
Watch us!

एनआईबिएल एस क्यापिटलको “एक नेपाली एक डिम्याट खाता” अभियान

अर्थ संसार

शुक्रबार, २१ फागुन २०७७, १३ : ५४ मा प्रकाशित

एनआईबिएल एस क्यापिटलको “एक नेपाली एक डिम्याट खाता” अभियान

नेपाल धितोपत्र बोर्डको अभियान “एक नेपाली एक डिम्याट खाता” अन्तर्गत एनआईबिएल एस क्यापिटल लिमिटेडले निशुल्क घरदैलो डिम्याट खाता अभियान सम्पन्न गरेको छ । 

क्यापिटलले “एक नेपाली एक डिम्याट खाता” अभियान अन्तर्गत ललितपुरको घुसेल बागमती गाउँपालिका वडा नं १ मा फाल्गुन २० गते सम्पन्न गरेको हो । यस एनआईबिएल एस क्यापिटलले प्रत्येक नेपालीको पूँजीबजारमा सहभागिता होस भन्ने उद्देश्यले यो अभियान सञ्चालन गरेको हो । यस अभियानमा नेपाल इन्भेष्टमेन्ट बैंकको लगनखेल शाखाको समेत संलग्नता रहेको थियो ।
 
एनआईबिएल एस क्यापिटल लिमिटेडले ग्राहकवर्गको सेवा सुविधालाई मध्यनजर गर्दै बिहानी काउन्टर बिहान ८ बजे देखि ९:३० बजेसम्म संचालन गर्दै आइरहेको छ  ।   गत पुस १ गते देखि सिमित अवधिको लागि निशुल्क डिम्याट तथा मेरो सेयर खोल्ने सुविधा समेत प्रदान गर्दै आइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको