Like us!
Follow us!
Connect us!
Watch us!

आजबाट नयाँ म्युचुल फण्ड 'एनआईबिएल स्टेबल फण्ड' सर्वसाधारणका बिक्री खुला

अर्थ संसार

मंगलबार, ०२ माघ २०८०, ०८ : ४४ मा प्रकाशित

आजबाट नयाँ म्युचुल फण्ड 'एनआईबिएल स्टेबल फण्ड' सर्वसाधारणका  बिक्री खुला

एनआईएमबि एस क्यापिटल लिमिटेडले आज (माघ २ गते) देखि आफ्नो नयाँ म्युचुल फण्ड एनआईबिएल स्टेबल फण्ड सर्वसाधारणका आजदेखि बिक्री खुला गरिएको छ। 

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक कोष प्रवद्धक र एनआईबिएल एस क्यापिल योजना व्यवस्थापक रहेको ‘एनआईबिएल स्टेबल फण्ड’को  प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको हो। जस मध्य  एक प्रतिशत अर्थात १० लाख इकाई योजना व्यवस्थापक एनआईएमबि एस क्यापिटललाई  १४ प्रतिशत अर्थात १ करोड ४० लाख इकाई कोष प्रवर्धक नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई र  बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्रीमा ल्याएको हो। 

कति दिने आवेदन ?
न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ करोड इकाईसम्म आवेदन दिन सकिने छ। 

कहिले सम्म दिने आवेदन ? 
माघ ५ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयमा माग अनुसार आवेदन नपरेमाघ १६ गतेसम्म आवेदन दिने म्याद थप गर्न सकिनेछ। थप गरिएको अवधि भित्र कम्तीमा ५० प्रतिशत अर्थात ५ करोड इकाई खरिद गर्न निवेदन प्राप्त भएमा इकाईको बाँडफाँट गर्न सकिनेछ। तर  न्यूनतम संख्यामा इकाई बिक्री नभएमा योजना खारेज गरी १५ दिन भित्र निवेदकहरुको रकम फिर्ता गर्न भुक्तानी प्रक्रिया सुरु गर्नु पर्नेछ। 

को हो बिक्री प्रबन्धक ?
फण्डको बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ।

कता बाट दिने आवेदन ?
नेपाल धितोपत्र बोर्डबाट धितोपत्र दरखास्त संकलनको लागि अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु(आस्वा सदस्य) का आस्वा सेवा प्रदान गर्ने सम्पूर्ण कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। तेस्तै  'मेरो सेयर' एपबाट पनि आवेदन दिन सक्नेछन्। 

खुलामुखी कि बन्द मुखी ?
यो एक बन्दमुखी योजना हो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको