Like us!
Follow us!
Connect us!
Watch us!

एनआइएमबी एस क्यापिटल लिमिटेडको जेनेरल म्यानेजरमा सचिन्द्र ढुंगाना

अर्थ संसार

मंगलबार, ०९ असोज २०८०, ०८ : १० मा प्रकाशित

एनआइएमबी एस क्यापिटल लिमिटेडको जेनेरल म्यानेजरमा सचिन्द्र ढुंगाना

एनआईएमबी एस क्यापिटल लिमिटेडले सचिन्द्र ढुंगानालाई जनरल म्यानेजरमा बढुवा गरेको घोषणा गरेको छ। वित्तीय र लेखा क्षेत्रमा अनुभवी ढुंगानाले अब कम्पनीको वृद्धि र रणनीतिक पहलको नेतृत्व गर्नेछन्। 

द इन्स्टिच्युट अफ चार्टर्ड अकाउन्ट अफ नेपालबाट चार्टर्ड अकाउन्टेन्ट पढेका ढुंगानाले आफ्नो करिअरमा निरन्तर समर्पण र विशेषज्ञता प्रदर्शन गर्दै आएका छन्। एसीसीएबाट आईएफआरएसमा डिप्लोमा प्राप्त गरेर वित्तीय प्रतिवेदन र विश्लेषणमा उत्कृष्टता प्रदर्शन गरेर उनले आफ्नो योग्यतालाई अझ बलियो बनाएका छन्। 

लेखापरीक्षण, लेखा, परामर्श र सल्लाहकार सेवामा एक दशकभन्दा बढी अनुभवका साथ ढुंगानाको यो निर्णायक भूमिकासम्मको यात्रा महत्वपूर्ण उपलब्धिहरुद्वारा अंकित छ। उनले एसआर पाण्डे एन्ड कम्पनीमा अडिटर म्यानेजरका रुपमा ६ वर्षभन्दा बढी समय बिताएका थिए। १.८ वर्ष एनआईएमबी क्यापिटल मार्केट्समा बिजनेस सपोर्ट र म्युचुअल फन्ड विभागको प्रमुखका रूपमा काम गर्दा उनले नेपालमा म्युचुअल फन्डको वृद्धि र विकासमा महत्वपूर्ण योगदान पुर्याएका छन्। 

ढुंगानाले यस बढुवाअगावै नबिल इन्भेस्टमेन्ट बैंकिङमा २.५ वर्षसम्म चिफ अपरेटिङ अफिसर तथा चिफ अफ फाइनान्स युनिटको पद सम्हालेका थिए। उनको नेतृत्व र वित्तीय कुशलता उनको कार्यकालमा कम्पनीको उपलब्धिहरूमा सहायक बन्न सफल भएको थियो। साथै, उनले हेड अफ मर्चेन्ट बैंकिङ युनिटका रुपमा पनि काम गर्दा नेपाली पुँजीबजारमा म्युचुअल फन्ड व्यवस्थापन र कर्पोरेट सल्लाहकारका रुपमा सेवा प्रदान गरेका थिए। 

ढुंगानाको जेनेरल म्यानेजरमा नियुक्ति हुनुले उनको असाधारण योगदान, नेतृत्व र वित्तीय उद्योगमा उत्कृष्टताप्रतिको प्रतिबद्धता झल्काउदँछ। यस नयाँ भूमिका सम्हाल्दै गर्दा एनआईएमबी एस क्यापिटल उनको बृहत् अनुभव, ज्ञान र समर्पणले कम्पनीको निरन्तर सफलतालाई अगाडि बढाउने कुरामा विश्वस्त छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको