Like us!
Follow us!
Connect us!
Watch us!

श्री एकर्ड फर्मास्युटिकल्सको साधारण सेयर एनआईबिएल एस क्यापिटलले प्रत्याभूति गर्ने

अर्थ संसार

सोमबार, ०५ मंसिर २०७९, ०८ : २३ मा प्रकाशित

श्री एकर्ड फर्मास्युटिकल्सको साधारण सेयर एनआईबिएल एस क्यापिटलले प्रत्याभूति गर्ने

श्री एकर्ड फर्मास्युटिकल्स लिमिटेडले आफ्नो जारी पूँजीको १२ प्रतिशतले हुन आउने रु.७,०६,९०,९००/- रकम बराबरको कुल ७,०६,९०९ कित्ता साधारण शेयरको सार्वजनिक निष्काशन गर्ने सम्बन्धमा प्रत्याभूतिको कार्य गर्न श्री एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाण्डौलाई प्रत्याभूतिकर्ता नियुक्त गरिएको छ ।

एकर्ड फर्मास्युटिकल्स लिमिटेड औषधि उत्पादन गर्ने उद्योगका रुपमा सन् २०१३ मा दर्ता भएको कम्पनी हो । कम्पनीले काठमाण्डौं उपत्यकामा ठूलो लगानी तथा अत्याधुनीक उपकरण सहित बृहत् उद्योग सञ्चालनमा ल्याएको थियो रआफ्नो व्यावसायिक उत्पादन फेब्रुअरी २०२१ देखि शुरु गरी व्यवसायिक कारोवार सुभारम्भ गरेको थियो । यस कम्पनीको रजिष्टर्ड कार्यालय काठमाण्डौ स्थित सुबिधानगर, तीनकुनेमा अवस्थित छ ।

उक्त सम्झौतामा एकर्ड फर्मास्युटिकल्स लिमिटेडका तर्फबाट कम्पनिका प्रबन्धक निर्देशक श्री बिशाल पण्डित तथा एनआईबिएल एस क्यापिटल लिमिटेडका तर्फबाट नायब महाप्रबन्धक श्री सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गर्नुभएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको